नवीन अभिलाषी
दाङ,४ फागुन । नेपाली लोकगीतको क्षेत्रमा चर्चित गायक रामजी खाँडले घोराहीमा चलिरहेको महोत्सबमा दर्शकहरुलाई नचाएका छन । घोराही ५ नवलपुरमा माघ २७ गते देखि चलिरहेको मध्यपश्चिम ब्यापारिक, सास्कृतिक तथा पर्यटन महोत्सब २०७३ को बुधबार सातौँ दिनमा देखिएका गायक रामजी खाडसंग दंगाली दर्शकहरुले झुमेर नाँचे ।
उल्लेख्य दर्शकहरुको विचमा लायक रामजीले आफुले बजारमा ल्याएर चर्चा पाएका आधा दर्जन बढि गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिएँ । दिनभर विभिन्न कलाकारहरुको विभिन्न प्रस्तुतीहरु हेर्दे र मनोरञ्जन लिदै आएका दर्शकहरुले कार्यक्रमको अन्त्य अन्त्यमा रामजी खाँडसंग खुलेर नाचेका थिए । ‘मन परेको मान्छेको नाम दिलमै लेखिन्छ, झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ हल्का हल्का लाएको दामी देखिन्छ…’ बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका रामजीले ‘बनैमा फुल बसायो…’, ‘फूलफूलेर पयालै भयो…’ लगाएतका गीतहरु गाएका थिए । महोत्सबमा सहभागि भएका हजारौँ दर्शकहरु मध्य युवा देखि बृद्धबृद्धाहरु समेतले रामजी खाँडको प्रस्तुतीमा रमाएका थिए ।
बुधबारको कार्यक्रममा हाँस्य कलाकार हर्के हवल्दार र लक्ष्मी तिमिल्सिनाले पनि प्रस्तुती देखाएका थिएँ । साथै गायीका सलिना गहतराज विसी, गायीका तथा मोडल लक्ष्मी पौडेल, मोडल लक्ष्मी बोहरा, गोमा रिजाल गायक प्रेम शर्मा, मिलन बुढा लगाएतले विभिन्न प्रस्तुती राख्नु भएको थियो । कलाकारहरुको प्रस्तुतीमा युवाहरु दिन भर रमाएका छन् ।
महोत्सबमा कारोबार उल्लेख्य
घोराही नगरपालिका ५ नवलपुर स्थित खेलकुद मैदानको स्तारोन्नती तथा विकास गर्ने मुख्य उदेश्यको साथमा सञ्चालन भएको महोत्सबमा आज पनि लाखौँको कारोबार भएको छ । दुई सय भन्दा बढि ब्यापारिक स्टलहरु सञ्चालन भैरहेको महोत्सबमा आज सातौँ दिन मात्रै लाखौँको करोबार भएको छ ।
महोत्सबमा लागु औषध दुब्र्यसनी न्युनिकरण, ट्राफिक सचेतनाका विभिन्न कार्यक्रमहरु पनि रहेको महोत्सब मुल आयोजक समितिले बताएको छ । महोत्सबबाट आएको मुनाफाको ५० प्रतिशत खेलकुद मैदानको निर्माणमा खर्च हुने छ भने महोत्सबबाट नाफा भएन भने पनि मैदानको सामान्य सुधारको काम हुने आयोजकले बताएको छ । ५० रुपैया प्रबेश शुल्क रहेको महोत्सबमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । विद्यार्थीहरुलाई ४० र जेष्ठ नागरीक र अपाङगता भएका ब्यक्तिहरुलाई निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ ।
व्यवसायीक प्रर्बद्धन, स्थानिय कला संस्कृतिको संरक्षण, खेलकुदको विकास र प्रचारप्रसारको साथै पर्यटकिय सम्पदाहरुको पहिचान, विकास र प्रचारका लागि आयोजना गर्न थालिएको महोत्सबमा लागु औषध न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भैरहेको छ । महोत्सबको आकर्षणको रुपमा मरुभुमीमा पाईने उँट, विश्वकै अग्लो चरा अष्ट्रिज रहेका छन भने बालउद्यान र मौतका कुँवाहरु पनि सञ्चालन भएको छ । नेपालकै होची महिला ईश्वरीमाया छिनाल पनि आकर्षणको रुपमा रहने आयोजकले बताएको छ ।
