फाल्गुण ३, काठमाडौं । राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठक प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’को अध्यक्षतामामंगलबार दिउँसो सिंहदरबारमा सम्पन्नभएको छ ।

pmबैठकले राष्ट्रिय जनसंख्या परिषदमा७जना विज्ञ सदस्यको नियुक्ति गरेको छ । नियुक्त विज्ञ सदस्यहरुमाप्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशनकार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्णलाई नियुक्तगर्ने निर्णय गरेको छ । साथै बैठकले जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कहरुलाई संघीय संरचनाअनुसार व्यवस्थितगर्ने र विद्युतीयअभिलेखीकरण गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’ले व्यवस्थित र आधुनिकजीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘जनसंख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थितजीवन पद्दति कायमगर्न सकिन्छ ।

संघीय संरचनाअनुसार जनसंख्याको अभिलेखन र विद्युतीयअभिलेखीकरणले यसमाआधुनिकअभिलेखको व्यवस्थाहुनेछ ।’ कार्यक्रममा जनसंख्यातथावातावरणमन्त्री जयदेव जोशी, उपप्रधानमन्त्रीद्घयबिमलेन्द्र निधि, कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो ।