तुलसीपुर, ३ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले लागु औषध विरुद्धको सचेतना अभियानलाई तीव्रता दिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा तुलसीपुरको पव्लिक ज्ञानज्योति कलेजमा सचेतना सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष वसन्त खडगीको अध्यक्षता एव पव्लिक ज्ञानज्योति कजेजका प्रमुख सुरेन्द्र जिसीको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा कजेलका बिद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन, यसको प्रयोगले हुने हानि र कानुनी ब्यवस्थाका बारेमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा डिएसपि तिम्सिनाले लागु औषधको प्रयोगले डिप्रेसन हुने, आखाको नानिमा असर गर्ने, टोलाउने , समाजमा बिभिन्न खालका घटनाहरु घटाउने, सिसाउने जस्ता गतिविधिहरु गर्ने भन्दै यसको प्रयोगलाई कमि गर्न सवै क्षेत्रका मानिसहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
