शरद रेग्मी
दाङ, ३ फागुन । दाङको तुलसीपुरमा संचालन भइरहेको ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानमा फोहर संकलनको लागि पोल–पोलमा डस्टबीन राखिएको छ । सरसफाई अभियानलाई सार्थक वनाउन बजार भरी हरियो रङ्गका डष्टविन प्रयोगमा ल्याइएको हो ।

c1सरसफाई अभियान २६ औं हप्तामा प्रबेस गरेसंगै बिभीन्न घर तथा सडकमा हिड्ने यात्रुबाट संकलन हुने फोहरलाई ब्यबस्थापन गर्न बजारका बिभिन्न स्थानमा एक हजार बढी डस्टबीन पोल पोलमा राख्ने क्रम जारी रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विलम रिजालले जानकारी दिए ।

अध्यक्ष रिजालले सरसफाई अभियानलाई थप प्रभावकारी वनाउन स्वदेश एवं विदेशमा रहनु भएका सहयोगी ब्यक्ति तथा संघ संस्थाहरुको आर्थिक सहयोगमा तुलसीपुर वजारमा डस्टबीन राख्ने क्रम जारी राखेको वताए ।