गोविन्द खड्का
तुलसीपु, २९ माघ । महिनावारी के हो ? संस्कृति हो ? होईन, धर्म हो ? होईन, पाप हो ? होईन, चुप्पी हो ? होईन, घिन हो ? होईन त्यसैगरी सोधियो, प्राकृतिक हो ? हो, जैविक विज्ञान हो ? हो, प्रजनन श्वाथ्य हो ? हो ।

mahilaउपस्थित जति सबैले एकै श्वरमा एउटै जवाफ दिए । महिला पुरुष बराबरी थिए । सबैलाई थाहथियो जति कुरा मुखले होईन भने । व्यवहारमा सबै हो । होईन भन्ने प्रमाणित गर्न ठुलो चुनौति भएको छ । छलफलकै क्रममा तर्क गरीयो यदि पुरुषलाई पनि महिनावारी भैदिएको भए के हुन्थ्यो ? हास्दै जवाफ दिए त्यसो भए आजको बहसको विषय हुदैन्थ्यो । उतिबेलै देखि अधिकारका रुपमा उठ्ने थिए । निति निर्माणमा पुरुष हुन्छन् तिनले पारीत गरी सक्थे । राष्टिय कोर्डिनेटर गुणराज श्रेष्ठले महिनावारी स्वच्छता सम्वन्धि नीति र व्यवहार प्रस्तुत गर्नुभयो ।

एउटा महिलाको जिवनमा तिनहजार दिन महिना बारी हुन्छ । यसलाई बर्षमा बदल्दा उसको आयुमा आठ बर्ष कालको मुखमा पुग्नुपर्छ । उनिहरुलाई यत्रो दिन दुःख, यातना मानसीक तनावमा बिताउने गरेका छन् । पुषका लागि त्यहि दुःख खिसिटिउरी गर्ने, जिस्कीने, रामोन्सको विषय बन्दै आएको छ । पिडाजती सबै उनिहरु व्यहोर्छन् । अध्ययनहरुका अनुसार चार देखि आठ दिन सम्म स्कुल जादैनन् । त्यसमा पनि ३६ प्रतिशत स्कुल जादैनन् । यो नेपालमा मात्रै होईन बंगलादेशमा ९६ प्रतिशत काममा जादैनन् । पुजा, पोष्टिक खान, पकाउन, फलफुल खान, माछा खान पार्टनरमा ओच्छयानमा सुत्न लगाएत विश्वव्यापी बर्जित गरेको भेटिन्छ । पहिलो चोटि डर र त्रास हुन्छ । उनिहरुलाई महिनावारीको पुर्व सुचना नहुदा खेरीको पिरणाम हो ।

received_1422717744428803सबै जिल्लामा एउटै छ, छैन । मानसीक रुपमा एउटै हो स्तर फरक छ । नेपालमा मात्रै होईन अन्त जा“दा पनि केहि लिएरै जान्छौ । मानसीकतामा महिनावारी तुच्छ कुरा हो । घृणित कुरा हो । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चलिरहन्छ । परिणाम फरक हेला । उनिहरुलाई त्यसमा बाद्यता छ । महिलाले गर्दै आए । आफ्नो ईच्छाले होईन । बातावरण बन्दै आएको छ । उचित शिक्षा प्रदान गरेका छौ ? त्यसको जवाफ जैविक विज्ञान हो भनेर सिकाउन सकेका छैनौ । किशोरीहरु विद्यालय जान्छन् त्यहा सिकदैनन् । घरमा लाजको विषय हुन्छ जानकारी पाउदैनन् । म्हिला तथा किशोरीलाई गरेको व्यवहार ठिक होईन तर गरीदै आएको छ । अरुले यसो गर उसो गर भनेर अर्ति उपदेश दिने के ठिक होईन । आफ्नै घरमा सिकाउनु पर्छ । जसरी हेल्थ पोष्टमा कण्डम निशुल्क बाड्छ भने प्याड दिन सक्छ कि सकदैन ?

विद्यालयमा भएका शौचालय महिला मैत्री आधा मात्रै छन् । त्यसमा पनि महिनावारी व्यवस्थापन सहितका निकै कम छन् । शौचालय संख्या विकास गरेपनि सुविधाका वारेमा अपुग रहेको शिक्षाका प्रतिनिधिले स्विकारे । युनिसेफ प्रतिनिधि सुरेन्द्र ढकालका अनुसार तिन सय सत्तरी विद्यालयमा सरसरफाई (वास ईन स्कुल) कार्यक्रम चलाएको छ । भुगोल मिलाएर अछाम, बाजुरा र पर्सा जिल्लामा विद्यालय जानेदरमा प्रभाव हो कि होईन ? भनेर अध्यान गरीएको थियो । त्यसका लागि छात्राहरुलाई डाईरीमा टिप्न लगाएर र छात्रलाई पनि उनिहरुको बुझाई बारे छलफल र अन्तर्वार्ता गराईएको थियो । त्यस संगै पहिलो पटक महिनावारी हु“दा थाह थियो कि थिएन ? भनिएको थियो ।

त्यसमा असि प्रतिशतले थाह थियो भने । तर विस प्रतिशत मात्रै थाह थिएन भनेका थिए । मन्दिरमा नजाने, पुजा नगर्ने भान्सामा नजाने भने धेरै देखिए । महिनावारीको समयमा पुरुषलाई छुन हुन्छ कि हुन्न ? भन्ने प्रश्नको जवाफमा अछाममा साठि र पर्सामा १६ प्रतिशतले मात्रै छुनु हुदैन भने । एउटै घरमा सुत्न हुन्छ कि हुन्न ? भनेपछि अछाममा धेरै बाट सुत्नु हुन्न भन्ने आयो भने पर्सामा कमै भेटियो । एउटै बेडमा सुत्न हुन्छ हुन्न भने बाजुरामा धेरेले हुदैन भने पर्सामा धेरैले सुतेको भेटियो । पुर्वमा भन्दा धेरै पश्चिममा धार्मिक कटरतामा भेटिएको छ । खुला दिसामा पश्चिमले अगुवाई गरे जस्तै महिनावारीमा पनि यतै बाट नेतृत्व गर्नृपर्छ र अगुवा पश्चिमले गर्छ भन्ने देखाउनु छ ।

अबको प्राथमिकता गलत भोगई सच्याउनमा हुनुपर्छ । हरेक विद्यालयमालाई गर्न सकिने पहिलो प्रश्न हो महिनावारीकै कारण स्कुल छोड्नु परेको हो कि होईन ? पहिलोपटक महिनावारी हुदाको अनुभव सुनाउनेहरुका अनुसार एक देखि १५ दिन विद्यालय छोेडेको केहि प्रतिशत देखियो । त्यसको कारण के हो ? यसको जवाफ दिनेहरुले दुखाई छ धेरैले भने । त्यो पनि देखावटी बढि भेटिएको छ । मुल कारण उपयुक्त सुविधा नभएर होकि भन्ने छ ।

अफ्ठेरो हुन्छ भन्ने कारण पनि देखिन्छ । डरको कारणले पनि रोकिएको छ । चुहिन्छ भन्नेहरु छन् । चारवटा सम्म सुरुवाल लगाएर विद्यालय गएको पनि भेटिन्छ । त्यसको डरले स्कुल जादैन भनेको छ । चर्पि छ,? ठिक छ, भनिन्छ । त्यसमा सुविधा के छ ? त्यसको कुनै तथ्यांक छैन । यसले महिलाको जिवनमा तिनहजार दिन महिना बारी हुन्छ त्यसको महत्व कत्तिपनी छैन भन्ने अर्थ दिन्छ । छलफलमा सहभागि शिक्षा मन्त्रालयका उपसचिव ध्रर्वराज रेग्मीले अहिले महिनावारी स्वच्छता न्युनिकरण, उन्मुलन भन्दा पुःन परिभाषित गराउनुपर्ने अबस्था रहेको बताउनुभयो । क्षेत्रीय गोष्ठिको मर्म केन्द्रमा कार्यक्रम बनोस भन्ने शुभकामना दिनुभयो ।