तुलसीपुर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बिभिन्न रोगको बिशेषज्ञता हासिल गर्न ७ जना डाँक्टर पुनः आएका छ । उनीहरु एक महिना सम्म अञ्चल अस्पतालमा सेवा प्रदान गर्ने छ । यस अघि पनि विशेषज्ञता हासिल गर्न आठ जना डाक्टर आएर अभ्यास गरेरका थिए ।
बिशेषज्ञताको प्रयोगात्मक परिक्षण गर्न आएका डाँँक्टर फर्किएपछि नयाँ डाँक्टर आएको अञ्चल अस्पतालका निमित्त मेसु पदमराज अधिकारीले वताए । नयाँ डाक्टरहरु संग आईतबार परिचयात्मक कार्यक्रम गरिएको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट डा। मयुर प्रकास्रो काड्रेकर फिजिसिएन, डा। दिपेन्द्र कुमार चौधरी जनरल सर्जरी, डा.पुनम गोसाई प्रसुति रोग, डा. सन्तोष आचार्य एनेस्थेसिया, डा. मनोज दास हाडजोर्नी, डा रोजन पोख्रेल मानसिक रोगको बिशेषज्ञता हाँसिल गर्न आएका छन् ।
साथै केही दिन पछि डा। मुकेश कुमार शाह नाक, कान घाँटी रोगको बिशेषज्ञता हाँसिल गर्न आउने अस्पतालले बताएको छ । उनीहरु आएसंग अस्पतालको सेवा केही रुपमा प्रभाबकारी हुने बिश्वास लिए ।
