दाङ ३ फागुन । सिटिजन्स बैंकले यहि फाल्गुन ४ गते देखि लागु हुने गरी बैंकको सम्पूर्ण वचत खाताहरुमा १ प्रतिशतका दरले ब्याज बृद्धि गरेको छ ।

citizen_bankबैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखि आफ्नो बचत खाताहरुको ब्याजदर न्यूनतम २ प्रतिशत र अधिकतम ४ प्रतिशत सम्म हुने गरी व्याज दर कायम गरेको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।

यसैगरी यहि फाल्गुन ४ गते देखि लागु हुने गरी ग्राहक वर्गको चाहना बमोजिम बैंकले अत्यन्तै आकर्षक ब्याजदरका साथ सिटिजन्स ५ वर्षिय मुद्दति योजना सार्वजनिक गरेको छ ।

यस योजनाका विशेषताहरुमा मुद्दति खातामा वार्षिक १२.५ सम्म व्याजदर, समयावधि १ वर्ष देखि ५ वर्ष सम्मको हुने छ । उक्त योजना अन्तरगत न्यूनतम रु १ लाखमा मुद्दती खाता खोल्न सकिने तथा सो योजना अन्तरगत २ वर्ष सम्मको मुद्दती खाता हुने र ग्राहकले जुनसुकै वखत आफनो खातामा रहेको रकम झिक्न सक्नेछ ।

यसैगरी २ वर्ष भन्दा वढी अवधिको मुद्दती खाता हुने ग्राहकले २ वर्ष पश्चात कुनै पनि बखत आफ्नो रकम झिक्न सक्नेछन् । यसरी आफ्नो खाताबाट रकम झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी गराए ।