दिपक बोहरा
तुलसीपुर ३ फागुन । स्वास्थ्य मन्त्रालयले फाल्गुन १ गते देखी राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सञ्चालन गर्ने भनेको आकस्मिक सल्यक्रिया सेवा सुरु हुन सकेका छैन ।
बिशेषज्ञ चिकित्सक सहतिको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने गरि स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नभएको हो । मन्त्रालयले फाल्गुन १ गते देखी देशभरका १३ जिल्लामा रहेका जिल्ला अस्पताल र अस्पताल अस्पतालहरुमा बिशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय गरेका थियो । जस अन्तरगत राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उक्त सेवा सञ्चालन गर्ने सरकारको योजना अलपत्र परेको छ । राप्ती अञ्चल अस्पतालमा अहिले सम्म बिशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया सेवा सञ्चालन गर्ने बिषयमा मन्त्रालयले आफुलाई कुनै जानकारी नदिएको अस्पतालले जनाएको छ ।
अहिले सम्म अस्पतालमा मन्त्रालयले पत्र पनि पठाएको छैन, फोन पनि गरेको छैन्’ राप्ती अञ्चल अस्पतालका नायब शुब्बा नबेन्द्र गिरीले भने‘ ‘सञ्चार माध्याममा सेवा को वारेमा सुनेका मात्रै हो , कामको निर्देशन छैन । राप्ती अञ्चल अस्पतालमा शल्यक्रिया यस अघि देखि नै सञ्चालनमा रहेपनि प्रभाबकारी हुन नसकेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट पदमराज अधिकारीले जानकारी दिए । ‘अस्पतालमा यस अघि देखि नै शल्यक्रिया सेवा सञ्चालन मा छ’ उनले भने‘ तर दरबन्दी र आबश्यक सामाग्री अभाबमा प्रभाबकारी हुन सकेको छैन् ।’
अञ्चल अस्पतालमा शल्यक्रियाका लागि सरकारले बरिष्ट कन्सलटेन्ट सर्जनको एउटा दरबन्दी कको ब्यवस्था गरेको छ । तर लामो समय देखी दरबन्दी अनुसारका चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभाबकारी हुन नसकेको नासु गिरीले बताए । ’ अहिले बिशेषज्ञताको उपाधि प्राप्त गर्न आएका बिशेषज्ञ डाक्टरहरुले सामान्य खालको शल्यक्रिया गर्दै आएको नासु गिरीले बताए । जटिल खालको शल्यक्रिया गर्नुपर्ने अबस्था शिर्जन भयो भने बाहिर रिफर गर्नुपर्ने अवस्था रहेका छ ।
स्वास्थ्य मन्त्रालयले फागुन १ गतेबाट दाङको तुल्सीपुर, सर्लाही, धादिङ, रोल्पा, गोर्खा, अर्घाखाँची, उदयपूर, धनकुटा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, नुवाकोटको त्रिशुली र बाग्लुङको बुर्तिवाङबाट बिशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया सेवा सञ्चालन गर्ने जनाएको थियो ।
विभिन्न स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णय गरेर त्यसका लागि आवश्यक व्यवस्था मिलाएको वताका थिए ।
मन्त्रालयको निर्णय अनुसार अवदेखि यी अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाइने बताइएको थियो ।
अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने, सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय संयन्त्र समेत गठन गर्ने व्यवस्था गरिएको थियो ।
