दाङ । तुलसीपुरमा जारी क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियान २६ औ हप्तामा प्रबेश गरेको छ । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको २६ औ हप्ताको अभियान अन्तरगत मंगलबार तुलसीपुरका पोलहरुमा डष्टबिन राखिएको छ । फोहर संकलनका लागि सहज हुने भन्दै पोल पोलमा डस्टबिन राखिएको हो ।
सडकमा आवत जावत गर्दा जहाँपायो त्यही फोहर फाल्ने प्रबृतिलाई अन्त्य गर्न सबै स्थानमा डष्टबिन राखिएको अभियानका संयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले बताए । रिजालका अनुसार तुलसीपुरका पोलहरुमा एक हजार बढि डष्टबिनहरु राख्ने लक्ष्य रहेको छ । स्वदेश तथा बिदेशबाट संकलन भएको आर्थिक सहयोगबाट डस्टबिन खरिद गरिएको आयोजकले जानकारी दिएको छ । यसैबिच २६ हप्ताको अभियान अन्तरगत तुलसीपुरका प्रत्येक टोल टोलमा सरसफाई सम्वन्धि सचेतना दिईएको थियो ।
तुलसीपुरको बिरेन्द्र चौक देखी ९ग० लाईन र भित्री सडकहरुमा सरसफाई गरिएको संघकाका वरिष्ठ उपाध्यक्ष विरु रावतले जानकारी दिए । यसको अगुवाई हाम्रो पंहुच सेकेण्डरी स्कुलले गरेको थियो । अभियानमा हाम्रो पहुँचमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा अभिभाबकहरुको सहभागीता रहेको थियो । स्कुलका प्रिन्सीपल डि।आर भण्डारीले अभियानको उद्घाटन गरेको थिए ।
त्यस अबशरमा हाम्रो पहुंच स्कुल सञ्चालक उपसमितिका संयोजक भरत भण्डारीले सरसफाईले घर टोल र नगरको सभ्यता मापन गर्ने भएको हुंदा सरसफाईमा ध्यान दिनुपर्ने बताएका थिए ।
अभियान सफल पार्न तुलसीपुरमा क्रियाशिल दर्जनौ सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गरेका छन् । सरसफाई अभियान कार्यक्रमको सहजीकरण संघका महासचिव नेत्रलाल वलीले गरेका थिए ।
