काठमाडौं, ३ फागुन । दश वर्षे जनयुद्धको बाँकी कार्यभार पूरा फरक विचारका साथ जुटेको नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीमा पनि फुटको संकेत देखिएको छ ।
आठौं महाधिवेशनको उदघाटन काठमाडौंको खुल्लामञ्चमा गरेको नेकपा (माओवादी) ले बन्दसत्रका लागि पार्टीका महासचिव नेत्रविक्रम चन्दले एउटा दस्तापेज प्रस्तुत गर्ने र त्यसैमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले फरक दस्तावेज प्रस्तुत गर्ने भएका छन् । यद्यपि चन्द विश्वकर्माको दस्तावेज रोक्ने प्रयत्नामा रहेको स्रोतले बताएको छ ।
दशवर्षे जनयुद्धको उद्गम थलो रोल्पाको थवाङमा हुने पार्टीको बन्दसत्रमा दुई छु्टाछुटै दस्तावेज प्रस्तुत गर्ने तयारी भएको छ । बन्दसत्रका लागी महासचिव नेत्रविक्रम चन्द विप्लवले एकिकृत क्रान्तिको पूरक दस्तावेज ल्याउने भएपछि नेता विश्वकर्मा प्रकाण्डले फरक दस्तावेज ल्याउने तयारी गरिरहेको माओवादी स्रोेतले जनाएको छ ।
पार्टी निर्माणदेखि नै रणनीतिक र कार्यनीतिलाई लिएर फरक मत राख्दै आएका प्रकाण्डले आठौं महाधिवेशनमा फरक दस्तावेज ल्याउने तयारी गरेपछि दस्तावेज रोक्नका लागि विप्लवले अन्तिमसम्म प्रयत्नमा छन् ।
करिब ७५ वटै जिल्लामा विप्लव र प्रकाण्डको छुट्टाछुट्टै प्यानल सक्रिय रहेको समेत स्रोतले खुलासा गरेको छ । यसरी बन्दसत्रमा दुई फरक दस्तावेज प्रस्तुत हुनुले विप्लव माओवादीमा पनि फुटको संकेत देखिएको हो । पार्टी सञ्चालनका क्रममा पनि विश्वकर्माले पहिलेदेखि नै फरक मत राख्दै आएका थिए ।
