काठमाडौं, ३ फागुन । प्रहरी महानिरीक्षक बन्न कसिएका डीआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न सर्वोच्चले आदेश दिएको छ ।

jay-bahadur-chand digआफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रीटको सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई पदस्थापन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय ८ गतेभित्र पेश गर्न आदेश दिएको छ । प्रधानन्याधिस कार्कीको इजलासले आइतबार चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।