एजेन्सी, ३ फागुन । भ्यालेन्टाइन डेको अघिल्लो दिन एक पाकिस्तानी अदालतले देशभर सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा सो दिवस नमनाउन आदेश दिएको छ। इस्लामावाद उच्च अदालतले तुरुन्तै लागु हुनेगरी सो आदेश जारी गरेको हो।
उच्च अदालतका न्यायधीश शौकात अजिजले सो आदेश दिएको डन डटकमले जनाएको छ। अदालतले प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियालाई पनि भ्यालेन्टाइन डेसम्बन्धी प्रचार नगर्न पनि आदेश दिएको छ।
अब्दुल वहिद नामक व्यक्तिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्यालेन्टाइन डे प्रबर्द्धन गर्नु ‘इस्लामिक शिक्षाविरुद्ध भएकोले तुरुन्तै प्रतिबन्ध लगाइनुपर्ने’ माग गर्दै निवेदन दिएका थिए।
