कुसुम विक
बर्दिया, २ फागुन । स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले आफना माग सम्वोधन नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने बताएका छन् ।

mun-2देश भरी जारी स्थानिय निकायमा कार्यरत स्थायी , करार तथा अस्थाई कर्मचारीहरुले विभिन्न ६ वुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कारण सेवा ग्राहीलाई समस्या समेत भएको छ ।

बर्दियामा जिल्ला विकास समिति ५ वटा नगरपालिका र १८ बटा गाविसमा कार्यरत करिब २ सय ५० जना स्थानिय निकायका कर्मचारीहरुले आज निजामति कर्मचारीहरुलाई कार्यालय प्रबेशमा रोक लगाएका छन भने कार्यलयको कामकाज समेत ठप्प पारेका छन् । यसले गर्दा सेवा ग्राहीहरु प्रत्यक्ष मारमा परेका हुन ।

आफना मागका विषयमा सरकारले मिडियावाज्ीा गरेको भन्दै स्थानिय निकाय कर्मचारी सघका केन्द्रिय सदस्य ओमप्रसाद ज्ञवालीले सरकारले दोहोर प्रकारको कर्मचारी प्रणालीलाइ एकै प्रकारको बनाउन माग गरेका छन् ।