नवीन अभिलाषी
दाङ २ फागुन । मध्यपश्चिम ब्यापारिक, सांस्कृतिक तथा पर्यटन महोत्सब २०७३ को आज पाँचौ दिन हजारौँ दर्शकहरुको सहभागिता रह्यो । गत माघ २७ गते देखि सुरु भएको महोत्सबको सोमबार आज पाँचौ दिन हजारौँ दर्शकहरु चर्चित कलाकारहरुको प्रस्तुतीमा रमाईलो गरेका छन ।
सोमबार पावती राईले नृत्य प्रस्तुत गरीन् । पार्वती संगै हजारौँ दर्शकहरु पनि संगसंगै नृत्य गरे । नेपाली लोक गीत, आधुनिक तथा लोकपप गीतहरुमा दमदार प्रस्तुती दिएर पछिल्लो समय चर्चाको शिखरमा रहेकी पार्वती राईले दाङमा आएर दर्शकहरुलाई नचाएर गएकी छिन् । यस्तै गायक शक्ति कप्चन, प्रेम शर्मा, डिल्ली परियार, हास्य कलाकार राजु परियार एलिजा बुढाथोकी लगाएतले विभिन्न सास्कृतिक प्रस्तुती राखेका छन् ।
घोराही नगरपालिका ५ नवलपुर स्थित खेलकुद मैदानको स्तारोन्नती तथा विकास गर्ने मुख्य उदेश्यको साथमा सञ्चालन भएको महोत्सबमा आज सम्म दुई करोड भन्दा बढिको कारोबार भएको छ । दुई सय भन्दा बढि ब्यापारिक स्टलहरु सञ्चालन भैरहेको महोत्सबमा आज पाँचौ दिन दुई करोड भन्दा बढि कारोबार भएको महोत्सब मुल आयोजक समितिले बताएको छ । महोत्सबमा लागु औषध दुब्र्यसनी न्युनिकरण, ट्राफिक सचेतनाका विभिन्न कार्यक्रमहरु पनि रहेको महोत्सब मुल आयोजक समितिले बताएको छ । महोत्सबबाट आएको मुनाफाको ५० प्रतिशत खेलकुद मैदानको निर्माणमा खर्च हुने छ भने महोत्सबबाट नाफा भएन भने पनि मैदानको सामान्य सुधारको काम हुने आयोजकले बताएको छ ।
मंगलबार पुष्कल शर्मा र हर्के हवल्दार आउने
महोत्सबको छैठौ दिन नेपाली लोक संगीतका चर्चित गायक पुष्कल शर्मा आउने भएको छन । नेपाली लोकसंगीतको बजारमा भाबुक गीतहरुको नयाँ आयाम ल्याउन सफल गायक पुष्कल शर्माले ममध्यपश्चिम ब्यापारिक, सास्कृतिक तथा पर्यटन महोत्सब २०७३ मा दमदार प्रस्तुती राख्ने भएका छन् ।
यस्तै चर्चित हास्य कलाकार हर्के हवल्दार पनि आउने सास्कृतिक उपसमितिका सहसंयोजक सुनिल विसीले जानकारी दिए । यस्तै हास्य कलाकार लाहुरे बा, गायीका सरिता प्रजापती, गायक डिल्ली परियार लगाएतका कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
