गोविन्द खड्का
घोराही, २ फागुन । ‘छिटुवामा तरकारी बोकेर घर घरै डुलाउन आउथे’ घोराही–५ सालघारीका मनि केसी केही समय अघिका दिन सम्झिदै भन्नुहुन्छ ‘अहिले सालघारी टोलका कसैले पनि तरकारी किन्दैनन् । बरु उब्रेको तरकारी बेच्छन् । जा“गर हुनेले व्यवसायीक खेती थालेका छन् । कमाई गर्छन् ।’

20170208_130605तालको दक्षिणकिनारा नजिक घर भएकि केसिले थाह पाउदा बस्तिभरी ११ घर थिए । गुजारा चलाउन कटुवा खोलाको रानीजरुवा बाट सा“झ एक खेप र विहान एक खेप पानी ल्याउथे । आफैले नपत्याएर हास्दै अनुभव सुनाउनुभयो । ‘अहिले सुनाउदा कसैले पत्याउदैनन् ।’ उहाँका अनुसार अघि पछि भन्दा चैतदेखि असारमा पानी नपर्दा सम्म कठिन पर्दथ्यो । ताल बनेपछि भने सबै सिजन सराबरी भएको छ । आकासबाट नझर्दा ताल बाट तानीन्छ ।

20170208_132607गत बर्ष समुहले त्यही पानीबाट सामुहिक तरकारी खेती ग¥यो । मोटर लगाएर पानी तानी सिंचाई सुविधा लियो । खडेरीमा पनि चक्रक्कै पानी सुकेन । एउटा सानो र एउटा ठुलो माटेर लाएर नियमित पानी तान्ने गरीएको छ । एउटा घर बनाएर छुटै मिटर राखिएको छ । त्यसलाई कुषिमिटर नाम दिईएको छ । त्यसरी सुविधा लिन पाउदा बस्भिरीका बासिन्दामा खुशियाली आएको छ ।

‘अलि अलि मकै छर्ने भनेको’ तालको निर्माण पछिको खुशी अभिव्यक्त गर्दै केसीले भन्नुभयो, ‘मसुरो पाकन लागेको छ । फागुनतिर छर्नुपर्ला ।’ पानी विनाको सुख्खा डाडो भनेर बारीको व्यवास्था गरीनथ्यो । अहिले एउटा बालि न निख्रिदै अर्को सपना देखिन्छ । खनीभएपछि लगाईन्छ आफ्नो ईच्छाअनुसार खेती । उब्जाउ हुन्छ चाहेको जती । मोटो पाईपबाट हुतहुतास पानी आउछ । बाख्रा पालेर घरको अग्र्यानिक मल तयार हुन्छ । मात्रै जागर चल्नु¥पयो ।

पानी ठुलो सम्पती हो । डोजरले ताल खन्दै बुढि औला जत्रो पानी निश्केको थियो । त्यसैलाई संगालेर नुहाउने धुने गरीयो । आफ्ना ऐलानी र केहि नम्बरी जग्गा काट्न दिएर ताल बनाएको दुःख त्यतिबेलै मेटिएको थियो । जब सजिलो बाटो बन्यो अर्को खुशी दियो । डमक्क ताल भरीएपछि आत्म भरीयो । छउेटुप्पा काटेको के पिर ? निलो सुन्दर तालमा कता हरायो क ता ?

रिङरोडको योजना तालको आसपासवाट जाने गरी ल्याईएको थियो । त्यो भन्दा ठुलो उपलब्धी दिने कृत्रिम ताल बन्यो । नगरपालिकाले राम्रो काम ग¥यो । स्थानियका अनुसार सधै किनेर खानेले अहिले तरकारी बेच्छन देखालो त्यही फाईदा हो । बामला खोलाको कुलो आउथ्यो सुर्ति बारीबाट । हरेक साल झारा गर्नुपर्ने पानी चाहर्ने पालो बर्षमा एक पटक पनि नआउने समस्या थियो । त्यसबाट मुक्ति मिलेको छ । केही समय बेल्वासे नर्सरी नजिक पानी ढड्याएर मोटरबाट तान्ने प्रयास पनि भयो । त्यहि गएर बोकेर ल्याई काम चलाए । त्यो समयको लागि धेरै खुर्चिलो, कामका लागि कठिन थियो । ति सबै दुःख र झञ्जट बिर्साउने गरी अहिले क्रितिम तालले खुशि ल्याएको छ । उबाजा गर्न सके केहीको कमि छैन ।

त्यसो त तालको उत्तरी बस्ती अम्बापुरमा भने मोटर लगाएको देखिदैन । उनीहरुले तालको देखालो सुविधा पाएका छैनन् । तालको पुछारतिरको नया वस्तिले पनि सुविधा लिएको देखिन्न । ‘गर्मितक सुकथ्यो’ नयाँ बस्तिका मनिराम चौधरीले सोताको पानी देखाउदै भन्नुभयो, ‘ताल बनेपछि त सधै बगिरहन्छ ।’ उनलाई पनि अनौठो लागेको छ बस्तिको तलबाट पानी बोकेर माथि माथि लैजान्थे । अहिले त्यतैबाट पानी बगेर आउछ । सोताको हरियाली सदाबहार रहन्छ । कुलो बगीरहेको हुन्छ । पानीको अभाव थियो । अहिले महत्व पाएको छैन । छालदो फाल्दो बनेको छ ।

खोल्सो धस्सीदै गएपछि सालघारी र अम्वापुर जोडिन उकालो ओरालोको झञ्जट व्यहोर्नुपर्दथ्यो । त्यहि खोल्सालाई माटोको तटबन्ध बनाएर सडक बनाईयो । दुई बर्ष अघि घोराहि नगरपालीकाको एउटा जुक्ती निकालेर दुईटा फाईदा भयो । बाटो बनाउन भनेर तिन लाख बजेट परेको थियो । त्यसले करीब दश मिटर बढि चिराको उकालो ओरालो हटाउन सक्दैन्थयो । तटबन्धले बनाएर बाटोका समस्यमा समाधान मात्रै भएन सिचाईको पिर पनि मेटाईदियो ।

पुरै प्राकृतिक हो । माटो थुपारेर बेसरी थिचिएको छ । भत्किन नदिन विरुवा रोपेर बलियो बनाएको छ । बाटोको सतह भन्दा करीब दुईमिटर तल ओभर फ्लोका लागि हूयुम पाईप राखिएको छ । बर्षातको बेला थोरै ओभरफ्लो हुन्छ । ताल फैलिन मिल्ने गरी र पानी बगेर आउने जंगलदेखि झरेका दुई वटा खोल्सा छन् । तालमा जनावर खस्ने र अन्य क्षेती हुन नदिन बाटोको किनारामा तारले बारीएको छ । क्षती बाट रोकन र उपलब्धी लिने सन्देश सहितको ठुलो बोर्ड तालको छेउमा गाडिएको छ । जलवायू अनुकुलन कार्यका लागि जैविक तटबन्ध कार्यक्रम अन्तर्गत ताल बनाउने काम अघि बढाईएको घोराही नगरपालिकाको भनाई छ ।