काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह साँझ ७ बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानेछन्। महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुवास शर्मा लगायतका अधिकारी भने यसअघि नै न्यूयोर्क पुगिसकेका छन्। प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई सेप्टेम्बर २४ (असोज ८ गते) सम्बोधन गर्ने कार्यक्रम छ।