तुलसीपुर, २ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
पछिल्ला दिनहरुमा युवा युवतीहरु लागुऔषधको कुलतमा फस्दै गएको भन्दै केन्द्रले विभिन्न स्थानमा सचेतना र जनतेचना मुलक कार्यक्रम सञ्चालन गर्ने सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव शरद रेग्मीले जानकारी दिए ।
केन्द्रको सोमवार वसेको बैठकले पहिलो चरणमा विद्यालयमा अन्तरक्रिया एवं सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले मंगलवार दिउसो १ वजे पव्लिक ज्ञानज्योति उच्च मावितुलसीपुरमा अन्तरक्रिया एवं चेतना मुलक कार्यक्रमको गर्ने निर्णय गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा विभिन्न स्थानमा कार्यक्रमह संचालन हुने इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपि.लोकनाथ तिमिलसिनाले बताए ।
