दाङ, १ फागुन । हाई स्कुल शिक्षक एशोसियसन (हिस्टान)दाङले साविकको उच्च माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमति पत्र लिनका लागि आवेदन दिन सम्वन्धित शिक्षकहरुलाई आग्रह गरेको छ ।

histan
फाइल तस्वीर

हिस्टान दाङको घोराहीमा सम्पन्न बैठकले शिक्षा सेवा आयोगद्धारा साविकको उच्च माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुलाई प्रदान गर्न लागेको अस्थायी अध्यापन अनुमति पत्र लिनकालागि जिल्ला शिक्षा कार्यालयमा फागुन ७ गतेभित्र आवेदन दिन अनुरोध गरेको हो ।

हिस्टान दाङका अध्यक्ष केदारराज पाठकको अध्यक्षतामा सम्पन्न बैठकले सामुदायिक तथा निजि विद्यालयहरुमा उच्च माध्यमिक तहमा पढाउने सवै खालका शिक्षकहरुलाई अनुमति पत्रकालागि आवेदन दिन आग्रह गरेको हिस्टान दाङका सचिव एम वी केसीले जानकारी दिनुभयो ।

बैठकले हिस्टान दाङका सहसचिव बुद्धिलाल चौधरीकी ममतामयी आमाको निधनप्रति दुख ब्यक्त गर्दै शोकप्रस्ताव समेत पारित गरेको छ ।