दाङ, १ फागुन । जनयुद्ध दिवसको अवसरमा आइतबार धनौरीको रंगैचामा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम गरिएको छ । नेकपा (माओवादी केन्द्र) शान्तिनगर गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्ष गोपाल भण्डारी ‘सुधार’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य भीमबहादुर ओली ‘ड्राइभर’ले जनयुद्धको बलमा अहिलेको उपलब्धि प्राप्त भएको बताए ।
सो अवसरमा पार्टीका महाधिवेशन आयोजक समिति सदस्यहरु सुशील खड्का, नेवबहादुर रोका, खड्कबहादुर सुना, बबई गाउँपालिका अध्यक्ष प्रमोद धिताल, राधिका परियार, सहिद परिवार समाजका जिल्ला उपाध्यक्ष लक्ष्मण केसी, वडा नं. ३ का अध्यक्ष जीवराज पुनलगायतले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए ।
