इन्द्रेणी संवाददाता
दाङ, १ फागुन । दाङमा आज एक बालकको शव वाकसभित्र फेला परेको छ । पञ्चकुले गाविस वडा नं. ८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षिय छोरा दिपेश डाँगीको शव वाकसभित्र फेला परेको हो ।

boxबैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका चित्रबहादुरका छोरा दिपेशको आज उनकै घरको वाकसमा शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शनिवार हराएका दिपेशको खोजीका लागि स्थानीयहरुले इलाका प्रहरी खिलतपुरमा खबर गरेका थिए । तर सम्भावित क्षेत्रमा प्रहरीले खानतलासी लिए बालक दिपेशकी हजुरआमा आइतवार विहान ४ बजेतिर जाडोपनि कपडा निकाल्न घरकै काठको वाकस खोलेपछि शव फेला परेको प्रहरीले जनाएको छ ।