दाङ, १ फागुन । नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर समितिको अध्यक्षमा विश्वराज आचार्य निर्वाचित भएका छन् । आज आइतबार घोराहीमा भएको प्रथम उपमहानगर सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

522990_433783436683248_830283263_n२२ औं जनयुद्ध दिवसको अवसरसमेत पारेर आयोजना गरिएको सम्मेलनबाट ७९ सदस्यीय उपमहानगर समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रमोद शर्मा, सचिव रमेश ओली ‘राजन’, सहसचिव दिलकुमारी बुढा र कोषाध्यक्ष भागिदास चौधरी ‘साकार’ रहेका छन् ।

स्थानीय तहको नयाँ संरचनाअनुसार सम्मेलन गर्ने क्रममा देशभरिकै उपमहानगरपालिकामा पहिलोपटक माओवादी केन्द्रले घोराहीमा सम्मेलन गरेको हो । प्रस्तावित यो उपमहानगरपालिकामा साविकको घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सैघा, लक्ष्मीपुर, रामपुर, धर्ना र सौडियार गाविस समेटिएका छन् ।