दाङ, १ फागुन । नेपाल पत्रकार महासंघ दाङ शाखाको आसन्न दशौं अधिवेशनमा सहमतिका लागि पहल गर्ने निर्णय गरेका छन् । जिल्लामा क्रियाशील सञ्चार संगठनका प्रमुखहरुको आइतबार घोराहीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

Fnj-Dangयही फागुन १२ गते हुन लागेको पत्रकार महासंघको दशौं अधिवेशनबाट बन्ने नयाँ कार्यसमिति सर्वसम्मत बनाउन सञ्चार संगठन संगठनहरुको तर्फबाट आवश्यक पहल गर्ने निर्णय गरिएको प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेतले जानकारी दिए ।

बैठकमा प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल र प्रगतिशील पत्रकार संघका केन्द्रीय महासचिव उदय जीएमको उपस्थिति रहेको थियो ।

त्यस्तै, बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा र दाङ शाखा अध्यक्ष सुदीप गौतमको पनि उपस्थिति रहेको थियो । सो अवसरमा शर्मा र गौतमले महासंघलाई सबै सञ्चारकर्मीहरुको साझा संगठनका रुपमा अघि बढाउन सहयोग पुग्ने गरी सबैलाई एकताबद्ध गरी सहमतिमै अघि बढ्न सञ्चार संगठनका अगुवाहरुलाई आग्रह गरेका थिए ।