तुलसीपुर, १ फागुन । ट्राफिक कार्यालय तुलसीपुरले ट्राफिक सम्वन्धी जनचेतना अभियानलाई तिव्रता दिएको छ । अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज तुलसीपुरको जानज्योति उमाविका विद्यार्थीलाई ट्राफिक सचेतना सम्वन्धी प्रतिक्षण दिएको छ ।
विद्यालयका एक सय वढी विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देववहादुर खत्री र ट्राफिक प्रहरी डिल्लीराज आचार्यले विद्यार्थीबाट ट्राफिीक नियमको वढी उलंघन हुने भन्दै सचेत हुन विद्यार्थीलाई आग्रह गरेका थिए ।
लाईसेन्स तथा हेलमेट विना मोटरसाईकल नचलाउन आग्रह गर्दै सिमित गतिमा सवारी हाक्न समेत विद्यार्थीलाई आग्रह गरिएको प्रशिक्षणमा सहभागी सहकर्मी तेज वलीले जानकारी दिए । विद्यार्थीलाई प्रोजेक्टको माध्यमबाट ट्राफिक सचेतना सम्वन्धी गतिविधि समेत देखाइएको थियो ।
