गोविन्द खड्का
घोराही, १ फागुन । कतै फोहरका चाङ थपिदै थिए । कतै आगो लगाएको धुवा कुहिरो बनेर मडारिदै गरेको देखिन्थ्यो । ठुलै उत्सव हुदैछ भन्ने छनक दिने गरी घोराही १० का केहि टोलहरुमा शनिवार विहान रौनक थियो ।

20170211_115248बग्दै आउने रहे पनि थुप्रिएको सबै फोहर उठाईएको जागृति टोलका सचिव कमला चन्दले जानकारी दिनुभयो । सिंगै टोलवासी उठेर रतनपुरे कुलो सफा गरे । त्यसक्रममा प्लाटिकमा पोको पारी फालिएका, थाङना, बच्चाले खाएर फालेका खोस्टाहरु, टुटेफुटेका थोत्रा भाडाहरु, मेडिकलहरुले फ्याकेका फोहर समेत उठाए । घोराही नगरपालिकाका सरसफाइ गाडिले आसारेपसार गरेर उठाए ।

सीरान बाट बग्ने रतनपुरे कुलोमा भाडाधुने, कपडा धुने, नुहाउने, उठ्ने वित्तीकै गएर मुखधुने, शौचालय वाथरुम सफा गर्ने लगाएत हरेक काममा उपयोग गर्छन् । त्यसबाहेक फोहर फाल्नेमा पनि त्यहि काम लागेको छ । आफै फोहर फाल्ने त्यहि उखेरेर खाने गर्दापनि चेत आएको भने थिएन । पहिलो पटक त्यसरी अभियानकै रुपमा सफा गरीएको कार्यकक्रममा जागृति टोलका अध्यक्ष लाल बहादुर विक सहित डेढसय बढिले सहभागिता जनाए । एउटै घरका तिनजना सम्म सफागर्न कुलामा झरेपछि भने महत्व बुझेछन् भन्ने सुहाउने भएको थियो ।

शुरुवात भने सेवारखोला नया वसपार्क टोल विकास संस्थाले गरेको हो । गत मंसिर ११ देखि वसपार्क सरसफाइ निरीक्षकमा हर्क बहादुर वलीलाई नियुक्त गरेर कडा निति ल्याएको थियो । उनले बसपार्कमा शुद्धप्लसका खोस्टा फाल्नेलाई उठबस गराउने, अरु फोहर फाले जरीवाना गराउने लगाएतका विधि बाट सफा राखे । टोलको पछाडिको नाला भने फोहर संलिने खाल्टो बन्दै गयो । त्यो देख्नेले बाट मुहार धोए पनि ननुहाएको शरीर जस्तै भयो भनेर टिप्पनी हुन थाल्यो ।

वडा सरसफाइ संयोजक शक्तिराम डागि र सचिव विष्णु बहादुर दशौदि रहेको टोल आलोचनामा पर्नु नैतिकताका आधारमा महत्व राख्थ्यो । पुर्ण सरसफाइका लागि वातावरणीय सफाईको सुचकमा फेल खान्थ्यो । त्यसैको त्रास पस्यो सकृयटोललाई र निश्कीए बढार्न । खाली जमिनमा रहेको जति बढारे । नालामा थुप्रिएको जति उठाए । ठाउ ठाउमा फोहरको ढांग लगाए । अध्यक्ष डागि, उपाध्यक्ष भानुझक्त पाण्डेय सदस्य भुवनेश्वर नारायाण भण्डारी लगाएतले टोलको शिरान बाट शुरुभएको नाला सेवार खोलामा लगेर निकास दिए । खोला किनारमा संगालेको फोहर समेत थैलामा हालेर नगरपालिकालाई जम्मा गरीदिए ।

पुछारतिर सफा हुदै गएपछि कुलाको अघिल्लो स्थानमा रहेको स्वर्गद्धारी टोलविकास संस्था चुपरहन सकेन । बसपार्क क्षेत्रमा आन्दोलित जस्तै बनेको सरसफाई अभियानको हावाले व्यसरी हल्लायो र घरघरै बाट निकाल्यो । बिहान १२ बजे सम्म पनि अध्यक्ष भिम बहादुर बुढा सचिव मदन पोख्रेल लगाएतको टिम सडकमै थियो । रतन पुरे कुलोको आसपासमा ठाउ“ ठाउ“मा फोहर जल्दै थियो । मिलन चोक आसपासका केहि टोल भने चुप लागे । फोहर पनि थन्किरहयो ।

त्यसरी सारा सब क्षेत्र सफा भएको दृश्यले निक्कै खुशि तुल्याएको टाउन प्लान विकास संस्थाका अध्यक्ष दिलिप कुमार डिसीले बताउनुभयो । उहाका अनुसार बस्ति भरीका सबै उठेर खाली हात फोहर उठाएको देख्दा सबै मिले के हुदैन र भन्ने शिक्षा दिएको महशुस भयो । ढकन नहुदा सम्म नपाउने दुख पाउने भए भन्ने पिर छ ।

त्यसको लागि आफुले गर्न सक्ने पहल जारी राख्ने बताउनुभयो । टाउनमा सम्मिलीत सबै टोलका अबस्था कण्ठ नभएपनि देखेजति सुधार्न लागेको जानकारी दिनुभयो । नजिकैको सिद्धार्थ टोल लगाएत मिलन चोकका केहि खुला क्षेत्र र पछाडितिरको भागमा समस्या रहेको स्विकार्नुभयो । सबै ठाउ सफा गरेर टाउनले घोराहीको अगुवाई गर्ने बताउनुभयो । उहाका अनुसार अन्त कुला, नालाको फोहर उठ्दा चोक फोहर राख्नु लाजमर्दो हो । अरुकोमा देखिएको फोहर हाम्रो पनि समस्याहो भन्ने सबैले बुझ्नुपर्छ ।