काठमाडौं– अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तह वा निकायको निर्वाचन गर्ने भन्ने विषय टुंगो लाग्न नसकेका कारण निर्वाचन घोषणा गर्न नसकिएको बताएका छन् ।

20161108045445_maharaकैलालीमा सनिबार संचारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री महराले स्थानिय निकायको गर्ने कि स्थानीय तहको गर्ने भन्ने विषय नै जटिल बन्दै गएकाले निर्वाचन घोषणामा ढिलाई भएको बताएका हुन् ।

उनले पुर्नसंरचना आयोगको प्रतिवेदन स्थानीय विकास मन्त्रालयले बुझेको भएपनि त्यस भित्र पनि गुनासा भएकाले त्यसको सम्बोधनका लागि तयारी भईरहेको जानकारी दिए ।

पुर्नसंरचना आयोगको प्रतिवेदनमा सर्वसम्मति नभएपछि दलहरु नै सोही प्रतिवेदनलाई आधार बनाई निर्वाचनमा जाने वा निकायकै गर्ने भन्नेमा अलमलमा परेका हुन् । रातोपाटीबाट साभार