कुसुम वि.क. / बर्दिया
बर्दिया १ फागुन । बर्दियाको सानो श्री ताराताल नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटि उपशाखामा रहेका २ वटा एम्वुलेन्स चालक नभएका कारण त्यत्तिकै थन्किएका छन ।
भारत सरकारको सहयोगमा एउटा र आफनै लगानिमा खरिद गरिएको अक्सिजन सहितको एसी जडित नया एम्वेलेन्स चालक नपाएका कारण त्यत्तिकै थन्किएको हो ।
रेडक्रसमा एम्वुलेन्स चालक नपाएका कारण थन्किएपछि नगरवासी तथा आसपासका गाविसहरुका नागरिकलाइ निकै समस्या भएको सानो श्री ताराताल नगरपालिकाका शिब कुमार शर्माले बताउनु भयो ।
एम्वलेन्स जस्तो संबेदनशिल र भरपर्दो साधन थन्किनुपर्ने अवस्था आउदा विरामिहरुलाइ अप्ठेरो पर्ने र कुनै पनि बेला अप्रिय घटना घटन सक्ने भन्दै स्थानियवासीहरुले चिन्ता व्यक्त गरेका छन ।
चालकको व्यवस्थापन गर्न नसक्दा आफुहरुलाइ पनि आर्थिक समस्या पर्ने गरेको नेपाल रेडक्रस उपशाखा सानो श्री ताराताल नगरपालिका सभापति बावुराम पौडेलले बताउनु भयो । साथै उहाले यो समस्या बाट छिटटै हल निकालिने बताउनु भयो ।
महिनौ देखि एम्वेलेन्स थन्किएको हुदा यस विषयमा आफुहरु गम्भिर भएपनि चालक नभएकै कारण एम्वेलेन्स सचालनमा आउन नसकेको स्वीकार गर्नु भयो ।
