कुसुम विक
बर्दिया, २९ माघ । बर्दियाको सानोश्री ताराताल नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखामा रहेका दुईवटा एम्वुलेन्स चालक नभएर थन्किएका छन् ।
भारत सरकारको सहयोगमा एउटा र आफनै लगानीमा खरिद गरिएका अक्सिजनसहितको एसी जडित नयाँ एम्वेलेन्स चालक नपाएका कारण थन्किएका हुन् ।
एम्वुलेन्स थन्किएपछि नगरवासी तथा आसपासका गाविसहरुका नागरिकलाई निकै समस्या भएको सानोश्री ताराताल नगरपालिकाका शिबकुमार शर्माले बताए । एम्वलेन्स जस्तो संबेदनशील र भरपर्दो साधन थन्किनुपर्ने अवस्था आउदा विरामीलाई अप्ठेरोपर्ने र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
चालकको व्यवस्थापन गर्न नसक्दा आफुहरुलाई पनि आर्थिक समस्या पर्ने गरेको नेपाल रेडक्रस उपशाखा सानोश्री ताराताल नगरपालिका सभापति बावुराम पौडेलले बताए ।
महिनौदेखि एम्वेलेन्स थन्किएको हँुदा यस विषयमा आफुहरु गम्भिर भएपनि चालक नभएकै कारण एम्वेलेन्स नगरपालिकाले बताएको छ ।
