गोविन्द खड्का
दाङ, २९ माघ । ‘रगत बग्यो । घाउ भएको हो कि वा अरु असर परेको हो बुझ्न सकिएन । यस्तो हुन्छ भन्ने कुरा आमाले घरमा कहिल्यै सिकाउनु भईन । अम्वेश्री मावि अम्वापुर फुलवारीका छात्राहरुले अनुभव सुनाए ।’
‘पहिलो महिनावारी हुदा कस्तो अनुभव भयो त ?’ उनिहरुलाई अर्को प्रश्न सोधियो । उनीहरुको जवाफ थियो । ‘आत्तीयौ, हातोत्साहित भयौ । अब कहिलेसम्म बग्ने हो । कसरी रोकिन्छ । कपडा चिसो भएको कसैले देख्ने हो कि ? सोधेपछि के भन्ने होला भनेर मानसिक तनाव भयो । डरले बसेको बस्यै गर्नुपर्ने बाद्यता आयो । हिड्दा खेरी बाक्लो टालोले अफ्ठेरो बनायो ।’
बंश, खानपीन, भौगोलिक बनावट, हावापानीको अबस्थाले महिलामा हुने महिनावारीको तिथि मितिमा फरक पार्छ । तर सन्तान उत्पान गर्ने क्षमता भएका सक्षम महिलाको महिनावारी अनिवार्य हुन्छ । त्यस बिना सृष्टि हुदैन । तर पनि महिनावारीको उचित व्यवस्थापन गर्नुपर्ने कारण के हो ? नगरीएपछि स्वाथ्यमा के प्रभाव पर्छ ? यसको खोजीनिती गरीन्न । लाज लाग्छ ।
भनाई छ महिनावारी महिलाको निजी हो । व्यवहार देखाईन्छ उसैले व्यहोर्ने र सुल्झाउने समस्या हो । पुरुषलाई देखाउन हुदैन । कतै छोईनु पर्दैन । मानौ केहिदिन कष्टडिमा रहेर पाप कटाउनुपर्छ । सुदुर पश्चिममा छाउ गोठमा दिनरात काट्नुपर्छ । मध्यपश्मि सम्म पुग्दा साविकको ओच्छ्यान त्याग्न पर्छ । खाट छोड्नुपर्छ । भान्सा पानी अछुत हुन्छ । बावु दाजुभाईको मुख हेर्नुहुन्न ।
महिलाको योनीमा दुईवटा प्वाल हुन्छन् । एउटा प्वाल महिनावारी, बच्चा पाउने बेला र बुढा बुढिको सम्भोगका बेला मात्रै खुल्छ । त्यसलाई हरेक पटक सफा राख्नुपर्छ । त्यो समयमा ध्यान नपुयाएर संक्रमण हुन्छ । त्यो सर्दै पाठेघरतिर बढ्छ । त्यहि कुरा जुनियर रेडक्रस सर्कल गठन पछि बच्चाहरुले थाहपाएका छन् । पाठ्यपुस्तकको पढाईले यो माहौल तयार गर्न सकिन ।
सैद्धान्तिक कुरा पाठमा आएको छ । त्यो सुनेर बिर्सीन्छ । संस्थाहरुले व्यवहारीक कुराहरु ल्याउ“छन् । तिनको अबधि छोटो हुन्छ । निरन्तरता नपाएपछि अबस्था पुरानैमा फर्किन्छ । राज्य पक्ष बाट समेटिएपछि मात्रै दिगोपना आउला । त्यसका लागि हामीले जे सोच्यौ त्यो लाद्ने भने होईन ।
हरेक श्वास्थ्य संस्थाले स्वास्थ्य व्यवस्थापन समितिमा महिनावारी उपसमिति बनाउन सक्छन् । विद्यालयका वाल कलवहरुले पनि कार्यविभाजन गरेहुन्छ । पुर्ण खोप युक्त जस्तै महिनावारी छुवाछुत मुक्त घोषणा गर्नुपर्छ । प्रत्यक विद्यालयमा हेल्थ वर्कर राख्ने भनेको छ । त्यसलाई व्यवहारत कार्यन्वयनमा ल्याउनुपर्छ । दैनिक सैयौ वालवालिकाले सिक्ने थलोमा एक जना स्वाथ्यकर्मि अपुग हो । केहि निजि विद्यालयमा बाहेक सामान्य चोटलाग्दा बेण्डेज गर्ने सुविधा छैन ।
पहिला महिनावारी भएकाले भगवानका फोटो पनि छुन मिल्दैन्थ्यो । पुर्ण भएको छैन । सबैका बुझाईमा स्वस्थ किशोरीले श्वस्थ वालक जन्माउछन् । राज्यलाई सहयोग गर्ने सक्षम नागरीक तयार हुन्छ भन्ने बुझ्नुपर्छ । गलत संस्कार हटाउन पुरुषहरुको सहयोग चाहिन्छ । बराबर सहभागिता भए चाडो हुन्छ । सामुदायीक सचेतना विकास हुनुपर्छ । स्थानिय स्तरमा सबै संग समन्वय गरेर अघि बढ्ने हो भने सम्भब छ ।
वद्यालयमा स्वाथ्य संस्था बाट गएर शिक्षा दिने व्यवस्था गर्नुपर्छ । शिक्षकले मात्रै भन्दा जनश्वास्थ्य बाट गएकोले सिकाउदा त्यहि विषयमा थप प्रभावकारी हुन्छ । ‘किशोरीको समुह बनाएर आउदा छुट्टिमा काम नपाएर आए भन्ने न ठान्नुहोला’ मध्यपश्चिम क्षेत्रीय स्वाथ्इ निर्देशक रिता भण्डारी जोशीले भन्छिन्, ‘उनीहरु अहिले पनि एक्लै आउन सक्दैनन् । समुह बनाएर आउछन् । त्यसलाई छुटि भयो र हामिलाई दुःख दिन आए भन्ने नसोच्नुहोला ।’
अरुले चाहेको जस्तो आफु हुनुपर्छ भन्ने वाद्यकारी अबस्था कसैलाई सिर्जना गर्नुहुन्न । प्रत्यक व्यक्तिलाई जिवनका हरेक पाटामा स्वतन्त्रता चाहिन्छ । महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी जिव विज्ञान हो भने किशोरी एवं महिलाले मन लागेको ठाउमा जान पाउनुपयो । यहा जाने र त्यहा नजाने भनेर रोकावट गर्ने होईन । सामाजिक रुपमा कुनै वाध्य पार्ने होइन । किन भने महिनावारी सामाजिक, सांस्कृतिक कारण होइन । मन्दिरमा जाउन कि न जाउन, त्यो हेर्नुहुन्न । खाली उनीहरुको पढाईमा असर नपरेको विषय मात्रै बाहिर बाट खोज्ने मात्रै हो ।
घरमा पोषण बाट बञ्ति नगर्ने, भात पकाउनै पर्छ भन्ने होईन तर खान पाउनुपयो । पानी छुनै पर्छ भन्नेहोईन चाहेको बेलामा खान दिनुपर्छ । खुलादिसा मुक्त क्षेत्र भईसक्यो शौचालय प्रयोग गर्न पाईयोस् । ‘त्रिभुन अन्तराष्टिय विमान स्थलमा चार्ज टिकटमै लैजान्छ । त्यहा प्याड फाल्ने बक्स रहेन छ’ प्रमुख जोशीले भनिन्, ‘अर्कोले प्रयोग गर्ने अफ्ठेरो हुनेगरी फालेको भेटियो ।’
उनका अनुसार अम्वेश्वरी मावि अम्वापुर इन्सेनेटर सहितका छात्रा शौचालय उदाहरणीय छन् । जहा छात्राहरुले आफै पैसा उठाएर व्यवस्था गर्छन् । खुलेर छलफल चलाउछन् । समान भन्दैमा सबैकुरा एउटै हुनुपर्छ भन्ने हुदैन । सुदुर पश्चिममा शौचालय जान नपाईने भएकाले खुला दिसामुक्तमा असर छ । त्यस विद्यालयमा भने कुनै खोट भेटिएन । भौतिक पुर्वाधार कमि भएकाले सहयोग गरीदिन प्रधानाध्यापक नुमानन्द रेग्मीले जानकारी दिए ।
