शरद रेग्मी
दाङ २९ माघ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश बमकुमार श्रेष्ठले सरकारी कर्मचारीहरु समाज प्र्रति सदैव उत्तरदायि बन्नुपर्ने बताए ।

off4 उनले कर्मचारीहरु सामाजिक सेवामा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले सरकारी निकायका कर्मचारीहरु स्थानियका सामाजिक मुद्धाहरुमा हातेमालो गर्दै जादा समाजबाट सकारात्मक सहयोग प्राप्त गर्न सकिने समेत बताए ।

उनले कर्मचारीहरु समाजमा हुने कामहरुमा सहभागी बनेर समाज रुपान्तरण गर्न पनि उनले भूमिका खेल्नु पर्ने सुझाव दिए । अफिसर्स क्लव तुलसीपुरको १८औ साधारण सभालाई उद्घाटन गर्दै क्लवका मूख्य संरक्षक समेत रहनुभएका न्यायधिश श्रेष्ठले विभागीय कामका अतिरिक्त सामाजिक सेवालाई पनि सगंसगंै अगाडि बढाएर समाजमा स्थापित हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले कर्मचारीहरु समाजका सहयोगी बन्न सक्नुपर्ने भन्दै हरेक कर्मचारीले
सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए ।