दाङ, २९ माघ । घोराही नगरपालिका वडा नं ४ डवरी स्थित गोरक्ष सामुदायिक वन समूहको १८ औ साधारणसभा आज शनिवार सम्पन्न भएको छ ।

1वन समूहका अध्यक्ष भिमकुमार सुवेदीको सभापतित्व एंव सामुदायिक वन उपभोक्ता महासंघ दाङका सचिव हेमराज शर्माको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले वन क्षेत्र अन्र्तगत डवरी बुचेनीडाँडामा पार्क निर्माण गर्ने डवरीमा गतबर्ष निर्माण गरिएको पोखरीलाई ब्यवस्थित गरी पर्यटकीय सम्भावनको काम अघी बढाउने, डढेलो नियन्त्रणकालागि सचेतनामूलक कार्यक्रम र अग्निरेखा निर्माण तथा ब्यवस्थापन गर्ने, चोरी तस्करी नियन्त्रणकालागि उपभोक्ताहरुबिच आलोपालो गस्ति गर्ने, झाडी सफाई गर्ने लगाएका निर्णय गरेको छ ।

साधारणसभा बोल्दै प्रमुख अतिथि वन महासंघका जिल्ला सचिव हेमराज शर्माले हरियाली प्रवद्र्धन गरी पर्यापर्यटीक बिकास गरी वन समूहले आम्दानी बढाउने कार्य गर्नु पर्ने बताए । कार्यक्रमका बिशिष्ट अतिथि घोराही नगरपालिकाका वडा सचिव सुरबहादुर केसीले नगरपालिकाले एक घर दुइ बिरुवाको अभियान थालेको भन्दै त्यसलाई सफल पार्न आग्रह गरे ।

साधारणसभाले समूहका कोषाध्यक्ष चुडामणि जिसीले प्रस्तुत गरेको आर्थिक तथा बार्षिक प्रतिवदेन सर्वसहमतिले पारित गरेको छ । समूहका सदस्य फणिधर भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको साधारणसभामा सल्लाहकारहरु दिनानाथ आचार्य, तुलप्रसाद घिमिरे, पूर्व सल्लाहकार नारायण घर्ति, बेलभारभैसाही वन समूहका अध्यक्ष रामप्रसाद चौधरी, गोपालप्रसाद खनाल, मीना जिएम लगायतकाले बोलेका थिए ।