शंकर के सी
दाङ, २९ माघ । स्थानीय तहको नयाँ संरचना अनुसार नेकपा एमाले दाङले दंगीशरन गाउँ पालिकाको वडा नम्बर २ मा कमिटी गठन गरेको छ । एमाले दंगीशरण गाउँपालिका वडा नम्बर २ गोल्टाकुरिको शनिबार आज सम्पन्न प्रथम अधिवेशनले भरतकुमार ओली अध्यक्ष रहेको १९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा सिता डागी, सचिवमा मान बहादुर नेपालि, उप सचिवमा वास्ना विक र अरु सदस्यमा रहेका छन् । सो अवसरमा एमाले क्षेत्र नम्बर ५ का इन्चार्ज उत्तर कुमार ओलिले गाउँ, समाज र देश बनाउन सक्ने पार्टि भनेकै नेकपा एमाले भएको जनाउँदै एकजुट भएर लाग्न आम कार्यकर्तालाइ अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतीथी समेत रहेका उनले भने– ‘जनताको काम गर्ने र देशलाइ कठिन परिस्थीतीमा पनि बचाउने पार्टि एमाले नै हो, एमालेमा जनताको लहर देखेर अरु पार्टिहरु अत्तालिएका छन् ।’ छटपटिएका अरु दलहरुले एमाले विरुद्धका गतीविधिहरु बढाइरहेको भन्दै ओलिले सजग भएर सबैको हित हुने काममा लागी पर्न एमालेका कार्यकर्ताहरुलाइ अनुरोध गरे ।
