इन्द्रेणी संवाददाता
दाङ, २९ माघ । दाङ घोराहीको एपेक्स कमप्युटरर्सले सञ्चालन गर्दै आएको मेधावी छात्राको लागि आज प्रतियोगिता भएको छ । जिल्लाका सामुदायिक विद्यालयका माध्यमिक तहका छात्राहरुबीच प्रतिस्पर्दा गराएर त्यसबाट अव्वल छात्रा छनोट गरिने एपेक्स कम्प्युटर्सका प्रोपराइटर धर्म केसीले बताए ।
तस्वीर : उदय बीसी
घोराहीको वालविकास माविमा भएको प्रतियोगितामा जिल्लाका सामुदायिक विद्यालयका ३५ जना छात्राको सहभागिता थियो । प्रतियोगिताबाट प्रथम, द्धितीय, तृतीय र सान्त्वना गरी दश जना छनोट गरिने छ ।
प्रतियोगिताको नतिजा यही फागुन ७ गते स्थानीय पत्रपत्रिकामा प्रकाशित गरिनेछ । एपेक्सले सामुदायिक विद्यालयहरुबीच गत वर्षदेखि र निजी विद्यालयबीच करीव एघार वर्षदेखि मेधावी छात्रा प्रतियोगिता गराउदै आएको छ ।
