घोराही स्थित महेन्द्र क्याम्पसमा नेपाल विद्यार्थीसंले लगाएको ताला खोलिएको छ । आज क्याम्पस प्रशासन र नेविसंघ ईकाई समितिका पदाधिकारीविच भएको दोस्रो छलफलमा सहमती भएपछि ताला खोलिएको नेविसंघका ईकाई सचिव कुलराज पोख्रेलले जानकारी दिनु भएको छ । पूर्वजानकारी बिनै क्याम्पसमा बिद्यार्थी बन्द गरिएको बिरोधमा नेविसंघले माघ २३ गते देसिख ताला लगाएको थियो ।

mmcक्याम्पस प्रमुखले त्रिभुवन विश्वविद्यालयबाट प्राप्त भर्ना बन्द सम्वन्धी सुचना आँफू निकटको बिद्यार्थी संगठनलाई मात्रै जानकारी गराएको आरोप लगाएको छ ।

आज भएको छलफलमा भर्ना खोल्ने बिषयमा त्रिभुवन विश्व विद्यालयमा पहल गर्ने सहमती भएको छ । यो सहमती कार्यान्वयनका लागि यथाशिघ्र पहल थाल्न आग्रह गरेको नेविसंघले आँफुहरुको आन्दोलन हाललाई स्थगीत मात्र गरिएको जनाएको छ । सहमती कार्यान्वयन नभए पुनः आन्दोलनमा जाने चेतावनी पोख्रेलले दिनु भयो ।