कुसुम वि.क
बर्दियाको वासगढि नगरपालिका क्षेत्रमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय वासगढिले जनाएको छ । बर्दियाको सदरमुकाम गुलरिया देखि करिब २० किलोमिटर पुर्व उत्तर तर्फ रहेको वासगढि नगरपालिका वार्ड न ७ र ८ को विचमा पर्ने वासगढि बजार नजिकै अन्दाजी ४३ वर्षिय एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय वासगढिका प्रहरी निरिक्षक चक्र डम्मर पालले बताउनु भयो । शवको पहिचान हुन सकेको छैन । शवलाइ पोष्टमार्टका लागी जिल्ला अस्पताल लगिएको बताइएको छ ।
