नवलपरासी २८ माघ । उप प्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले सरकार संबिधान संसोधन पछि मात्र स्थानीय तहको निर्बाचन घोषणा गर्ने बताएका छन ।

16651700_1075593469234943_1873555932_nरीपोटर्स कल्ब नेपाल नवलपरसासीले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले एमाले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए ।

एमाले संग बर्ता छलफल गरी सीमांकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागी परेको निधिको भनाई थियो ।
मन्त्री निधिले एमालेको रबैयाको कारण मधेशि मार्चा बेखुस भएको बताउदै मार्चा र एमालेको संबाद शुरु भएको र संबाद सकारात्मक भएकाले संबिधान संसोधनको प्रस्ताव सफल हुनेमा आफु बिस्वस्त रहेको बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री निधिले स्थानीय तह वा निकायको जुन सुकै चुनाव भए पनि कांग्रेसलाई आपत्ति नभएको जिकीर गरे ।
मुलुकलाई खिण्डन गर्न खोज्ने जो सुकैलाई संबिधानले दिएको परीधि भित्र रहेर कारबाही गरीने निधिको भनाई थियो ।
आजै मन्त्री निधिले उद्योग बाणीज्य संघ नवलपरासीको ३५ सौ सधारण सभाको उदघाटन गर्नुका साथै कार्यालय प्रमुखहरुलाई पनि निर्देशन दिएका थिए ।