इन्द्रेणी संवाददाता
सल्यान, २६ माघ । सल्यानमा एक शिक्षकलाई आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।
चादेकरन्जी गाविस वडा नं. २ का २६ वर्षका शिक्षक सन्दिप खडकालाई उनले नै पढाउने विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले ११ वर्ष कैद सजाय तोकेको छ ।
शिक्षक खड्काले चाँदेकरञ्जी गाविसमा रहेको एक विद्यालयमा आफैले पढाउने छात्रालाई डर त्रास देखाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । पीडित पक्षको तर्फबाट २०७२ चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
बुधबार जिल्ला अदालत सल्यानले मुद्दाको फैसला सुनाउदै खड्कालाई ११ वर्षको कैद र ५० हजार क्षतिपूर्ति भराउने सजाय सुनाएको छ । यो घटनाले त्यस क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकमा त्रास फैलिएको छ ।