सल्यान, २६ माघ । सल्यानको वागचौर नगरपालिका वडा नं. ३ खालीका ६० वर्षिया बृद्धा टीकी ओली मृत फेला परेकी छिन् । मंगलवार दिउँसो घर नजिकै ओली मृत भेटिएको सल्यान प्रहरीले जनाएको छ ।
हत्या गरेर घरको नजिकैको खोल्सामा फालेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वागचौरकै दीपक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । मृतक ओलीको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खलंगामा ल्यायएको छ ।
