दाङ, २६ माघ । गाउँ–गाउँ, घर–घर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं भन्ने मूलनाराका साथ नेकपा (माओवादी केन्द्र) दाङले जिल्लाभरका वडा तथा गाउँ तथा नगर सम्मेलनलाई गर्न तीव्रता दिएको छ ।

CPIM-Flag-nat1यसै क्रममा मंगलबार घोराही नगरपालिका वडा नं. १८ को सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले मधुसूदन अर्यालको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चैतु चौधरी, सचिवमा सुरेश बुढा, सहसचिवमा निशा पुन र कोषाध्यक्षमा दिनेश ओली रहनुभएको छ ।

कार्यक्रम केन्द्रकी घोराही उपमहानगरपालिका संयोजक भीम कुमारी बाँठा ‘निशाना’को प्रमुख आतिथ्यता र जिल्ला सचिवालय सदस्य विश्वराज आचार्यको आतिथ्यतामा सम्पन्न भएको हो ।

यस्तै घोराही उप–महानगरपालिका वडा नं. ६ सौडियार को सम्मेलन पनि मंगलबार सम्पन्न भएको छ । सम्मेलनले खिमबहादुर चौधरीको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा केशबहादुर महरा, सचिवमा श्रीधर पौडेल, सहसचिवमा पवित्रा घर्ती र कोषाध्यक्षमा भरत पौडेल रहनुभएको छ । केन्द्रकी उपमहानगर ईञ्चार्ज नारायणी शर्मा ‘प्रतीक्षा’को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ६ धर्नाको सम्मेलन पनि मंगलबार सम्पन्न भएको छ । सम्मेलनले मदन बहादुर ‘डाँगी’ अग्रिमको अध्यक्षतामा २५ सदस्यीय वडा समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर बिक, सचिवमा विकास रेग्मी, सहसचिवमा नुम बहादुर केसी, र कोषाध्यक्षमा देवकुमारी सुवेदी रहनुभएको छ । कार्यक्रम माओबादी केन्द्रका जिल्ला ईञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।