काठमाडौं, २६ माघ । सरकारी स्वामित्वको एनआइडीसी डेभलपमेन्ट बैंक अपारदर्शी ढंगले संचालन भएको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ । कर्जा प्रवाह गर्दा होस् वा कर्जा पुनर्तालिका गर्दा बैंकलाई दसौं करोड रुपैयाँ नोक्सान पु¥याइएको छ ।
तर नियामक निकाय राष्ट्रबैंकको निगरानी तथा वित्तीय अनुशासन पालना गराउने कार्य प्रायः शून्य रहेको छानबिनका क्रममा देखिएको सतर्कताले निष्कर्ष निकालेको छ । केन्द्रले लामो समय लगाएर एनआइडीसी बैंकमा भएका अनियमितता छानबिन गरेको थियो ।
केन्द्रले छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्रबैंकलाई कारबाहीका लागि दिएको प्रतिवदेनमा एनआइडीसीका कार्यकारी प्रमुख ९सीइओ०, अध्यक्ष र संचालकहरु मिलेर बैंकलाई ब्यक्तिगत स्वार्थपूर्ति गर्ने वा अधिकारको दुरुपयोग गर्ने थलो बनाएको उल्लेख छ ।
केन्द्रले छानबिनपछि निकालेको निष्कर्षमा उल्लेख छ–‘बैंकको कार्यप्रक्रिया वा पद्धति राणाकालीन कच्चा नछोड्नु जम्मा नजोड्नु भन्ने उखानमा आधारित पाइयो । कानुनको परिपालना अति नाजुक अवस्थामा रहेको, अपारदर्शी, छलछाम तथा जालसाजीमा आधारित कार्यसंस्कृति रहेको, संस्थाको रकम गैरकानुनी रुपमा बाँडीचुँडी खानेसम्मको कार्य भएको पाइयो ।
नियामक निकायको निगरानी तथा अनुशासन परिपालना गराउने कार्य प्रायः शून्य रहेको पाइयो । संस्थाप्रतिको माया, जवाफदेहिता, जिम्मेवारी र उत्तरदायित्वको अवस्था शून्य रहेको, समूह गतिशीलता, कार्यकुशलता, मितब्ययिता, संगठनात्मक ब्यवहार, एकरुपता, नवीनता जस्ता नवीन अवधारणाको अवलम्बनको अवस्थासमेत प्रायः शुन्य रहेको पाइयो भने ब्यवसायिकताका बिषयमा अनभिज्ञता नै महसुस गरियो ।’
एनआइडीसीका सीइओ शिवजी रायले श्रीराम सुगर मिल्सको ऋण राफसाफ गर्दा ५ करोड ८३ लाख ७१ हजार ८ सय ५८ रुपैयाँ नोक्सान पु¥याएका छन् । उद्योगीसँग घुस खाएर उनीहरुले बैंकलाई नोक्सान पु¥याउनेगरी राफसाफ गरेको कुरा यसअघि पनि संचारमाध्यमले उल्लेख गरिसकेका छन् ।
संचालक समितिले मात्र ब्याज मिनाहा दिन सक्छ । तर श्रीराम सुगर मिल्सका संचालक र बैंकका सीइओ राय र तत्कालीन अध्यक्ष शान्तबहादुर श्रेष्ठ समेतको मिलेमतोमा जथाभावी अपारदर्शी ढंगले ऋण राफसाफ गरी बैंकलाई ठूलो नोक्सान पु¥याएको सतर्कताको प्रतिवेदनमा उल्लेख छ ।
नियम विपरीत ब्याज मिनाहा दिएर हानी पु¥याएको श्रीराम सुगर मिललाई विभिन्न मितिमा पुनः १० करोड ५० लाख रुपैयाँ थप ऋण दिइएको छ । कर्जा सूचना केन्द्रको २०६९ जेठ १४ को विवरणमा श्रीराम सुगर मिल्सका संचालकहरु कालोसूचीमा दर्ता हुने अवस्था रहेको देखिंदा पनि घुस खाएर थप ऋण दिएका थिए ।
हिमशिला कार्पेट उद्योग प्रालिको ऋण लगानी गर्दा कीर्ते धितोको मूल्यांकन गर्ने काम तत्कालीन प्राविधिक अधिकृत शिवजी रायसहितले गरी त्यही धितोको आधारमा लगानी गरिएको ६ करोड २६ लाख ५७ हजार ९ सय २८ रुपैयाँ बैंकलाई नोक्सान पारिएको छ । यसरी घाटा पार्ने मूख्य दोषी राय अहिले पनि सीइओ छन् ।
राष्ट्रबैंकले उनलाई केही कारबाही गरेको छैन भने अख्तियारले समेत केही गरेको छैन । पुनरावेदन अदालतमा मुद्दा परी निलम्बन भए पनि उनले बैंकको सीइओको हैसियतले काम गरेका थिए । जुन सरासर कानुन विपरीत छ । उनको म्याद २०७१ भदौमै सकिएको हो । तर अहिलेसम्म उनै सीइओ छन्।
उनले गैरकानुनी रुपमा एनआइडीसी क्यापिटल मार्केटमा संचालक नियुक्त गरेको, कानुन विपरीत आफैं क्यापिटल लिमिटेडको अध्यक्ष भएको कुरामा समेत छानबिन गरेको थियो । कालोसूचीमा परेको थाहा हुँदाहुँदै घुस खाएर पुष्पा बानियाँ र रामबहादुर बानियाँलाई प्रदान गरिएको ऋण पनि डुबेको छ ।
भृकुटी पेपरको ऋण पुनसंरचना गर्दा बैंकलाई ५४ करोडभन्दा बढी घाटा पार्दा पनि राष्ट्र बैंकले नियमन नगरेको सतर्कताको प्रतिवेदनमा उल्लेख छ दृष्टिमा खबर छ । शेर्पा आउटडोर गुड्स इन्डष्ट्रिजको ऋण लगानीमा अनियमिततादेखि कर्मचारी भर्नामा भएको मनपरीलाई पनि समेटी सतर्कता केन्द्रले २०७३ साउन ५ गते अख्तियारमा दिएको थियो ।
केन्द्रले राष्ट्रबैंकमा २०७३ साउन ९ मा दिएको थियो । तर ६ महिना पुग्न लाग्दा पनि ती निकायले केही कारबाही गरेका छैनन् । अख्तियार र राष्ट्रबैंकमा त्यो प्रतिवेदन धुलो लागेर बसेको छ । न्युज अभियान बाट
