काठमाडौं, २६  माघ । भनिन्छ, नानी देखि लागेको बानी कहाँ सुध्रिन्छ र रु त्यस्तै खबर प्राप्त भएको छ सामाजिक संजालबाट । भारतकालागि नेपाली राजदूत दिपकुमार उपाध्यायले फेरी एक फेर विवादित कुरा बोलेर चर्चा बटुल्ने काम गरेका छन् ।

1663942878नाकाबन्दीका बेला भारतको प्रवक्ता बनेको भन्दै एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो । पछि माओवादी–कांग्रेस नेतृत्वको वर्तमान सरकारले उनलाई फेरी पुनस्र्थापन गरेको थियो । पछिल्लो समय उपाध्यायले भारतलाई सर्पोट गदैं आफ्नो अभिव्यक्ती सामाजिक सजारमा व्यक्त गरेका छन् ।

उनले समाजिक संजालमा राखेको स्टाटसमा भारतको गुनगान गाइएको छ । उपाध्यायले भनेका छन्, ‘भारतको सहयोगले नेपालमा लोडसेडिङ हटेको छ ।’ उनले यस्तो स्टाटस समाजिक संजालमा उनको कडा आलोचना भएको छ ।

उनको आलोचनामा गोविन्द बहादुर थापा नाम गरेका एक व्यक्तीले बस्न्यातको यो भनाईले के यसअघि भारतकै असहयोगका कारण लोडसेडिङ नहटेको हो त रु भनि प्रश्न गरेका छन् ।

उनले उपाध्यायलाई विदेशीको चाकडी नगर्न सुझाव दिएका छन् । त्यस्तै बस्न्यतलाई सामाजिक संजाल प्रयोगकर्ताले भारतको गोटी नबन्न धेरैले सुझाव दिएका छन् । न्युज अभियानबाट