वीरगन्ज, २५ माघ । पर्सा वन्यजन्तु आरक्षबाट निस्केको एउटा बाघले आक्रमण गर्दा एकजना प्रहरी निरीक्षकसहित नौजना घाइते भएका छन् । आरक्षबाट पर्साको लखनपुर गाविस–७ मा निस्केको बाघले आक्रमण गर्दा चारजना प्रहरीसहित नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।
बाघको आक्रमणमा घाइते हुनेहरुमा इलाका प्रहरी कार्यालय पोखरयिाका प्रनि चक्रबहादुर साह, मौवन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा, प्रहरी हवलदार दिपेन्द्र यादव र प्रहरी जवान बेदबहादुर श्रेठ रहेका छन् ।
बाघको आक्रमणमा घाइते हुनेहरुमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रनि चक्रबहादुर साह, मौवन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा, प्रहरी हवलदार दिपेन्द्र यादव र प्रहरी जवान बेदबहादुर श्रेठ रहेका छन् ।
बाघको आक्रमणबाट घाइते गाउँलेहरुमा लखनपुरका मोतीलाल यादव, रघुबीर साह, र लखनपुरकै आशमान राउत रहेका छन् । त्यैगरी तुफान पटेल र रामनगरीका महेन्द्र सहनी पनि बाघको आक्रमणबाट घाइते भएका छन् ।
