हेटौडा, २५ माघ । भन्सार छलेर ल्याएको ३१ लाख मुल्य बराबरको सुनचाँदीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

downloadभारत हवडा सिन्डीग्राम घर भई हेटौडा उपमहानगरपालिका–१३ स्थित कृष्णकला बर्तौलाको घरमा डेरा लिएर बस्ने ३३ वर्षीय सुशील सिंह र ३३ वर्षीय पौसी मसान्तलाई २४ लाख ३७ हजार मुल्य बराबरको ५ सय ५ ग्राम सुनसहित पक्राउ गरेको हो । अवैध ढंगले सुन ल्याएर विक्री गरिरहेको जानकारी पाएपछि पक्राउ गरेको हो ।

यसैगरी पर्सा उदयपुरघुर्मी २ का संजितकुमार सर्राफलाई ६ लाख ८७ हजार बराबरको सुन र चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका–१७ स्थित रातोमाटे चेकपोष्टका प्रहरीले बीरगन्जबाट हेटौडातर्फ आइरहेको ना५ख ६२१६ नम्बरको यात्रुवाहक बस रोकेर चेकजाँच गर्ने क्रममा सर्राफको साथबाट प्रहरीले ४ लाख २२ हजार मुल्य बराबरको एक सय २४ ग्राम सुन र २ लाख ६५ हजार मुल्य बराबरको ८ केजी ३ सय ग्राम चाँदी बरामद गरेको थियो ।