काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमति भएका पठाएका स्थानीय तह यताउता नहुने बताएका छन् । प्रधानमन्त्रीले आयोगको मापदण्ड नै सर्वदलीय सहमति भएकोले सर्वदलीय सहमति भएर पठाएका स्थानीय तह यताउता नहुने बताए ।

Prachandaरुकुमको पुठा गाउँपालिका सरोकार समितिसंगको भेटमा उनले यस्तो बर्ताका हुन् । ‘यहाँ निगाहले चल्नेवाला छैन । तर, सर्वदलीय सहमति आयोगको पनि टिओआरभित्र पर्ने भएकोले सर्वदलीय सहमति भएका तहको सन्दर्भमा करेक्सन हुनसक्छ’ उहाँले भन्नुभयो ‘मेरो पनि रुकुमको सन्दर्भमा हुनुप¥यो भन्ने छ ।’

प्रधानमन्त्री प्रचण्डले धेरै थपघट गर्न नसकिने भएपनि जहाँ नमिलेको छ त्यहाँ मिलाउन सकिने बताए । ‘यस विषयमा संविधानविद र कानुनविदसंग पनि सल्लाह लिएका छौँ, जहाँ नमिलेको छ त्यहाँ मिलाउनुपर्छ भन्ने छ’ उनले भने ।

रुकुममा पुठा गाउँपालिका सहित १० स्थानीय तह बनाउने सर्वदलीय सहमति भएपनि जिल्लाबाट पठाएको विवरण आयोगले परिवर्तन गरी पुठा गाउँपालिकालाई हटाएको भन्दै स्थानीयले बिरोध गरेका छन् । रन्मामैकोट, हुकाम र जाङ्ग ८ र ९ मिलाएर पुठा गाविस नभएमा गाउँपालिकामा जनताले दुःख पाउने सरोकार समितिका संयोजक केशरमान रोकायाले बताए ।