घोराही, २५ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले सवारी दुर्घटनामा परी घाईते भएका कांग्रेसका नेता रणबहादुर भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

aaccidentनेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का निवर्तमान सचिव भण्डारी आज मंगलवार सवारी दुर्घटनामा परि घाईते भएकोमा क्षेत्र नम्बर ३ समितिले शघ्रि स्वास्थ्य लाभको कामना गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले एक विज्ञप्ती निकालेर घाईते हुनुभएका भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

भण्डारीलाई थप उपचारकालागी काठमाडौँ लगीएको छ । आज दिउसो करिब पौने ४ बजे सीम्रीक एयरको हेलिकोपटरबाट उपचारका लागि काठमाडौ लगिएको छ ।

यस्तै नेपाल महिला संघ दाङ क्षेत्र नम्बर २ ले पनि कांग्रेस नेता भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संघका क्षेत्रीय अध्यक्ष सुशीला पौडेलले एक विज्ञप्ती निकालेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।