गोविन्द खड्का
तुलसीपुर, २५ माघ । विद्यालयमा महिनावारी स्वच्छता निति वकालतका लागि क्षेत्र स्तरीय दुईदिने छलफल कार्यक्रम आईतवार तुलसीपुरमा शुरु भएको छ । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक चन्द्र बहादुर केसिले पानसमा दिप बालेर कार्यशालाको उद्घाटन गर्नुभएको थियो ।
‘महिनावारी लुकाउनाले समाजको विकास र आयआर्जनमा असर गरेको छ’ क्षेत्रिय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका निर्देशक चन्द्र बहादुर केसिले गोष्ठिको सफलताको सुभकामना दिदै भन्नुभुयो, ‘ यसले निकालेको निष्कर्ष केन्द्रिय नितिबाट पारीत भई रुपान्तरण गर्न सकोस् ।’ कार्यक्रमका प्रमुख अतिथि केसिले चेतना स्तरमै परिवर्तन नगरी भौतिक विकासले मात्रै नतिजा नदिने बताउभुभयो । उहाका अनुसार काठमाण्डौमा बसेर बनेको निति भन्दा कार्यक्रम लागुभएको क्षेत्र बाटै गरीको अभ्यास व्यवहारीक हुन्छ । महिनावारी स्वच्छता एउटा महत्वपुर्ण पाटोहो ।
‘चर्पि निर्माणको चरणमा सफलता हासिल भएको छ’ निर्देशक केसिले थप्नुभयो, ‘बनेका सबै सार्वजनिक शौचालय प्रयोगमा आउन सकेनन् ।’ उहाले मध्यपश्चिमका धेरै जिल्लाहरु खुला दिसा मुक्त घोषणा भईसकेको जानकारी दिनुभयो । केहिमा अनुगमन बाकि रहेको र केहिमा अभियान तिब्र अघि बढेको बताउनुभयो । क्षेत्रीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक समेत रहनुभएका निर्देशक केसिका अनुसार पुर्ण सरसफाई अभियानलाई अघि बढाउन महत्व राख्ने छ । किशोर किशोरी तथा महिलाहरुलाई विभिन्न संक्रमण बाट जोगाउने र वातावरण पनि स्वच्छ हुने छ । गोष्ठिले पारीत गरेको प्रस्ताव केन्द्रमा पठाईने छ ।
सबैले थाहपाउने । कसैले महत्व नदिने । जीवन व्यहारमा निर्णायक महत्व राख्ने महिना वारीले महत्व नपाएको बक्ताहरुले गुणासो गरे । ‘शुरुमा सानो देखिएपनि भविश्य निकै ठुलो छ’ क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले भन्नुभयो, ‘किशोरी स्वच्छ भए, आमा स्वच्छ हुन्छ । त्यसले स्वच्छ बच्चा पाउछ ।’ उहाले घरमा आमाले समेत छोरी संग खुलेर कुरा गर्न नसक्ने समस्या रहेको बताउनुभयो । उहाका अनुसार महिनावारीको समयमा घरमा के गछौ ? भन्ने प्रश्नको जवाफ सबैले निर्धक्क भएर दिने वातावरण तयार गर्नुपर्ने जरुरी छ । ‘जुन बेला असाध्यै पानी चाहिन्छ त्यस बेला छुन मिल्दैन’ जोशिले थप्नुभयो, ‘कसरी स्वस्थ हुन्छ ?’
घरमा परिवर्तन गर्न नकिएपनि बाल बालिका छदै विद्यालयमा जोडदिनुपर्ने बक्ताहरुको निश्कर्ष थियो । त्यहि अनुसार सबै क्षेत्रवाट विद्यालयको स्वच्छतामा जोड दिईएको बताईएको भनाई थियो । महिनावारी वालअधिकार सित सम्वन्धति विषय भएको शिक्षा मन्त्रालयका उपसचिव धु्रवराज रेग्मीले बताउनुभयो । ‘कसैले पनि कोट्याउन नचाहेको, आमाले पनि छोरी संग छलफल नगर्ने तर सबैले थाह पाउने विषय हो ।’ उहाले थप्नुभयो ‘यसलाई प्राकृतिक हो । पाप गरेर भएको होईन भन्ने बुझाउन सहकार्यको जरुरी छ । शिक्षामन्त्रालय वा अरु कसैले गरेर मात्रै हुदैन ।’ उहाले गैह्रसहकारी संस्थाबाट पहल भएको भनि कार्याशालाको स्रहना गर्नुभयो । यसको निष्कर्षले देशको नितिनिर्माणमा महत्व राख्ने छ भन्ने आशा व्यक्त गर्नुभयो ।
सबै नागरीक को जिवन सुखमय र सहज होस भनेर पाठ्यक्रम विकास केन्द्रले पहल गरीरहेका पठ्यक्रम विकास केन्द्रका उपनिर्देशक वावुराम गौतमको भनाई थियो । शुभकामना मन्तव्य दिदै गौतमले महिनावारीलाई पठनपाठनमा धेरै महत्व दिएको जानकारी दिनुभयोे । माथिल्लो कक्षामा मात्रै लागु भएको विषय अहिले कक्षा चार पाच सम्मै व्यवस्थागर्न लागेको गौतमले जानकारी दिनुभयो । ‘स्वास्थ्य र शारीरिक, जनसंखया र वातावराण विषय जस्तैगरी समेटिने छ’– निर्देशक गौतमले थप्नुभयो ‘कार्यशालाले दिने सुझावलाई पनि समाहित गर्ने पर्यत्न हुने छ ।’
यसैगरी कार्यक्रममा स्विस वाटर एण्ड स्यानीटेसन कन्सोर्टियमका क्षेत्रीय सल्लाहकार रमेश बोहराले विभिन्न संघ संस्था मार्फत काम गरेको जानकारी गराउनुभएको थियो । उहाका अनुसार यस्तो कार्यक्रम दक्षिण एसियामा नेपाल र बंगलादेशमा लागु गरीएको छ । नेपालमा स्विस रेडक्रस, हेल्भेटास र तेर डे जोमले काम गरेको छन् ।
कार्यक्रममा सहभागिलाई स्वागत तथा कार्यशालाको उद्देश्यका बारेमा स्विस रेडक्रसका नेपालका लागि कन्टी कोर्डिनेटर कमल बरालले जानकारी गराउर्नुभयोको थियो । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटि सिईएचपि नेपालगञ्जका उप कार्यक्रम निर्देशक राजकुमार क्षेत्रीले गर्नुभएको थियो ।
विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन संग समवन्धित नीति वकालतका लागि आयोजित क्षेत्रीय कार्यशाला गोष्ठिमा मध्य पश्चिममाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाबाट जिल्ला विकास समिति, खानेपानी तथा सरसफाई डिभिजन एवं सव डिभिजन कार्यालय, जिल्ला जनश्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा वालवालिका कार्यालय, विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, महिनावारी स्वच्छता व्यवस्थापनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको सहभागिता रहेको छ । कार्यशालाले पारीत गरीएको प्रस्तावलाई निकट भविश्यमा काठमाण्डौमा हुने राष्टिय कार्यशालामा प्रस्तुत गरीने आयोजकले जानकारी दिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति संगको समन्वयमा स्विस वाटर तथा सेनिटियसन कन्सोर्टियमले आयोजना गरेको छ ।
