SAMSUNG CAMERA PICTURES

दाङ, २५ माघ । नवजागरण युवा क्लवले दाङको नवलपुरमा सञ्चालन गर्न लागेको मध्यपश्चिम व्यापारिक तथा पर्यटन महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी करीव करीव पूरा भएको जानकारी दिएको हो ।

SAMSUNG CAMERA PICTURES
महोत्सवमा जिल्ला उद्योग वाणज्यि संघले व्यापारिक स्टल राख्ने कार्यमा विरोध गरे पनि स्टल रहने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले स्टलको तयारी धेरै भएपछि मात्रै व्यापारिक स्टलको कार्य अघि नवढाउन पत्राचार गरे पनि माघ ११ गतेभन्दा पहिले नै धेरै काम पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक यमबहादुर पुनले बताए ।

‘हामीलाई पहिले नै व्यापारिक स्टलको अघि नवढाउ भनेर प्रशासनले भनेको भए रोक्न सम्भव थियो तर पछि मात्रै भनेकाले अब तयार भइसकेको काम रोक्न सम्भव छैन’, उनले भने, ‘माघ ११ गतेसम्म वुकिङ भएका व्यापारिक स्टल रहन्छन् ।’

११ गतेसम्म विभिन्न कृषि, पर्यटन र व्यापारिक गरी एक सय ५० स्टल तयार भइसकेको उनले बताए । नवपलुरमा खेल मैदान निर्माण, ट्राफिक सचेतना र लागुऔषध विरुद्धका सचेतना जगाउँने उदेश्यले सञ्चालन हुने महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम पनि हुने छन् । पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघकी उपाध्यक्ष लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।