chun dhunga uthkhanan r

घोराही २५ माघ ।  दाङको लोहारपानी गाउ विकास समिति वार्ड न. ८ सिउडे , अमारे र बाटुलेका स्थानियले देउखुरीमा निर्माणाधिन अग्नी सिमेन्ट प्रालीले चुनढुङगा उत्खन्नका लागि त्यस आवश्यक काम शुरु गरेका भन्दै त्यो कार्य तत्काल वन्द गराउने जिल्ला प्रशासन संग माग गरेका छन ।

अग्नी गिाँउका महिला वालवालिका एंव वृद्धवृद्धाहरु झुठो आश्वासन दिई कम्पनीले चुन ढुङगा उत्खन्न लागि प्रक्रिया शुरु गरेकाले तत्काल रोक्न माग गरेका छन । पर्यावरण संरक्षण अभियान लोहारपानीले जिल्ला प्रशासन कार्यालय लाई ज्ञापन पत्र वुझाउदै यस्तो माग राखेको थियो । उत्खन्नले लोहारपानीका दर्जनौ परिवारहरु विस्थापित हुने ।

सयौ त्यसवाट प्रभावित हुने भएकाले तत्काल उक्त कार्य वन्द गर्न माग गरेका थिए । ज्ञापन पत्र वुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उक्त कार्यको लागि उद्योग संग छलफल गरी चाडै समस्या समाधान खोज्ने आश्वासन दिएका थिए ।