दाङ २५ माघ । जिल्ला ट्राफिक कार्यालय दाङमा सरुवा भई आएका ट्राफिक प्रमुख ओम प्रकाश वाग्ले स्वागत र सरुवा भई जान लागेका अरुण कुमार सिंह लाई सोमवार विदाई गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रले सरुवा जाने लागेका सिहं र सरुवा भई दाङ आएका वाग्ले लाई एउटै कार्यक्रमका विच स्वागत एंव विदाई गरेको हो । केन्द्रका अध्यक्ष विष्णु प्रसाद पुनको अध्यक्षता एंव संस्थापक सदस्य भुपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा स्वागत एंव विदाई कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुवेदीले जिल्ला ट्राफिक व्यावस्थापनको सुधारमा अझै गर्न वाँकी रहेको टिप्पणी गरेका थिए । भन्ने क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरमा सरुवा भई जान लागेका ट्राफिक प्रमुख अरुण कुमार सिंहले क्षेत्रिय कार्यालय वाट जिल्लाको आवश्यक सुधारका लागि पहल गर्ने वताएका थिए ।
सरुवा भई दाङ आएका ट्राफिक प्रमुख ओम प्रकाश वाग्लेले जिल्लाको ट्राफिक व्यावस्थापनका आवश्यक प्रयासहरु कुनै वाँकी नराख्ने वताएका थिए । कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रका कानुनी सल्लाहाकार घनश्याम थापा , सल्लाहाकार दिपक शर्मा लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष कृष्णा रानाको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।