unnamedतुलसीपुर २५ माघ ।  तुलसीपुरमा जारी क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान अन्तरगत मंगलबार २५ औं हप्ताको अभियान सञ्चालन भएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाको संयुक्त आयोजनामा जारी अभियान अन्तरगत मंगलबारको अभियानका क्रममा सरसफाई अभियानलाई सार्थकता दिन थप डस्टबीनहरु प्रयोगमा ल्याईएको छ ।

सडकमा हिडडुल गर्ने यात्रुलाई सहज होस भनी डस्टबिन प्रयोगमा ल्याईएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए । अभियानका संयोजक समेत रहेका रिजालले दिएको जानकारी अनुसार अहिले सम्म तुलसीपुर बजारमा एक हजार बढि डस्टबिन राखिएको छ । ती डस्टबिनहरु घर मालिक तथा पसल सञ्चालकहरुलाई जिम्मा लगाईएको छ ।

२५ औं हप्ताको अभियानमा गिता रेउले, बिकास घले लागायत कलाकारहरुको सहभागिता पनि रहेको थियो । कलाकारहरुको सहभागीताले आयोजकलाई थप उत्साहित बनाएको संयोजक रिजालले बताए ।

अभियान अन्तरगत विरेन्द्र चोक देखि खानेपानी चोक सम्म सरसफाई गरिएको हो । अभियानलाई बजारका हरेक क्षेत्रहरु , होटेल, वसपार्क,बधशाला,मठमन्दिर र सार्वजनिक स्थलहरुमा सञ्चालन गर्ने तयारी रहेको आयोजकले जानकारी दिएको छ । बजारका बिभिन्न स्थानमा राखिएका डस्टबिन प्रयोगमा ल्याउन सबैलाई आग्रह पनि गरिएको छ ।

२५ औ हप्ताको सरसफाई अभियान शसस्त्र प्रहरी सुरक्षा वेसक्याम्प तुलसीपुरका प्रमुख डिएसपी अर्जुन प्रसाद सापकोटाले सरसफाई अभियानको नारा पढेर उद्घाटन गरेका थिए ।

अभियानमा तुलसीपुरमा क्रियाशिल बिभिन्नि संघसंस्थाको सहभागीता थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव नेत्रलाल वलीले गरेका थिए ।