खोटाङ, २५ माघ । भोजपुरकी एक अबिबाहित युवतीको खोटाङमा विभत्स हत्या भएको छ । ती युवतीको हत्या अभियोगमा खोटाङका एक विवाहित पुरुष पक्राउ परेका छन् ।

murder1भोजपुर नगरपालिका–७ कोदारकी ३७ वर्षीया सुमिना महतको विभत्स हत्या आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्कीलाई पक्राउ गरेको हो ।

गत बुधवार घरबाट हिँडेकी सुमिना डम्बर्खुशिवालय गाविस–१ स्थित काभ्रेखोलाको दोभानमा शनिवार दिउँसे मृत अवस्थामा मृत फेला परेकी थिइन् ।

खोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा फेला परेको युवतीको शव सोधखोजका क्रममा सुमिनाको भएको पुष्टि भएको पाँच घण्टा नबित्दै कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

कार्कीलाई घटनामा प्रयोग भएको खुकुरी र मृतकको गरगहना तथा रगत लागेको कपडा सहित पक्राउ गरिएको डिएसपी नबिनकिशोर प्रधानले बताए ।

घटनास्थल वरिपरिका स्थानीयसँगको सोधपुछका क्रममा प्राप्त हुलियाका आधारमा उनलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुर्ता, निलो सुरुवाल, रातो स्वीटर, नाकमा फुली, हातमा बाला लगाएको, घाँटी धारिलो हतियारले काटिएको अवस्थामा भेटिएकी सुमिनाको सोमबार बिहान मात्र पहिचान भएको थियो ।